न्यूयोर्कमा साहित्यकार नदिया लिवाङ्गको “नदिया लहर” लोकार्पण

ENGLISH

NRN GLOBAL

न्यूयोर्कमा साहित्यकार नदिया लिवाङ्गको “नदिया लहर” लोकार्पण

18 June, 2018 | Sandeep Bhattarai | 3760 Views | comments

नदिया लहर

गत शनिबार न्यूयोर्कको ज्याक्सन हाईट्स बेलिजिनो सभा कक्षामा अन्तराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरद्वारा आयोजित कलाकार तथा साहित्यकार नदिया लिवाङ्गको कविता संग्रह “ नदिया लहर “लोकार्पण भएको छ ।

कार्यक्रममा श्रष्टानदिया लिवाङ्ग र उहाँको छोरी क्रिष्टल द्वारा अभिनित “ एउटी छोरीको प्रतिज्ञा” शिर्षक कविताको छाँया चित्र साथै गीतकार धन लामाको शब्दहरु, गायिका अन्जु पन्तको स्वर र नादिया लिवाङ्ग, कृष थापा र अनु खड्काद्वारा अभिनीत गीतको छाँया चित्र पनि प्रस्तुत गरिएको थियो ।

दुई दशक देखि विश्व कै सम्राट राज्य न्यूयोर्कमा बसोबास गर्दै आएकी लजालु स्वभाव कि कलाकार तथा साहित्यकार नदियालिवाङ्ग थापाले कार्यक्रम बीच कवितालाई श्रब्य दृश्यमा प्रस्तुत गरिदा दर्शक तथा सहभागीहरु भावुक भएका थिए । लामो समयको अन्तराल पछि उनले कविता पुन लेख्न थालेकी हुन् भने उनको यो प्रथम पुस्तक हो ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि अन्तराष्ट्रिय साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल बोर्ड अफ ट्रष्टी गीता खत्री तथा विशेष अतिथि नेपाल नियोगका वाणिज्यदूत तथा साहित्यकार कृसु क्षेत्री द्वारा पानसमा बत्ती बाली गरिएको थियो । नेपाली राष्ट्रिय गान कलाकार संगीता मुखिया छोचोनको साथ सामूहिक रुपमा प्रस्तुत गरिएको थियो भने अमेरीकी राष्ट्रिय गान पनि प्रस्तुत गरिएको थियो ।

अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष तथा साहित्यकार राजेन्द्र श्रेष्ठले उपस्थित सम्पूर्ण साहित्यकार, साहित्य अनुरागीहरु, समाजका भद्र भलाद्मीहरु तथा पत्रकारहरुलाई धन्यवाद दिंदै स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

“नदिया लहर” कबिता संग्रह कृतीको लोकार्पण सर्जक नादिया लिवाङ्गका साथ प्रमुख अतिथि गीता खत्री ,विशेष अतिथि कृसु क्षेत्री,सभाका अध्यक्ष राजेन्द्र श्रेष्ठ अनेसास न्यूयोर्क शाखाका पूर्व अध्यक्ष तथा साहित्यकारहरु ज्योती पौडेल ,पूनम काफ्ले र बिकाश बिष्टले गरेका थिए ।

अनेसास न्यूयोर्क शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले शाखाको तर्फबाट सर्जक नदिया लिवाङ्ग साथै उहाँको परिवारलाई दोसल्ला र पुष्प गुच्छाले अभिवादन र सम्मान गर्नुका साथै अन्य साहित्य अनुरागीहरुले खादा र पुष्प गुच्छाले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा अनेसास न्यूयोर्क शाखाका सदस्य लक्ष्मी श्रेष्ठ साथै पूर्व अध्यक्षहरु तथा साहित्यकारहरु विकास बिष्ट, ज्योती पौडेल, पूनम काफ्ले तथा अन्य साहित्यकारहरु धन लामा, संगीता उप्रेती, अर्जुन दाहाल तथा शारदा क्षेत्रीले श्रष्टा नदिया लिवाङ्गलाई शुभकामना ब्यक्त गर्नुभएको थियो भने साहित्यकार तथा संचारकर्मी ज्योती कुमार श्रेष्ठ र नदियाको पति विश्व थापाले मन्तब्य तथा शुभकामना ब्यक्त गरेका थिए ।

यसैगरी डा. बिष्णु बिभु धिमिरे , प्राज्ञ डा. अमर गिरी ,राधे श्याम लेकाली तथा डा. ज्ञानु पाण्डेले नदिया लिवाङ्गको कृति“नदिया लहर” को लागी नेपालबाट पनि पठाइएको शुभकामना सन्देश श्रब्य दृश्य मार्फत प्रदर्शन गरिएको थियो ।कृतिको समिक्षा कृसु क्षेत्री तथा गीता खत्रीले गरेका थिए । यसैगरी स्रष्टा नदिया लिवाङ्गले आफ्नो साहित्य यात्राको स्मरण गर्दै मन्तब्य र सम्पूर्ण अतिथिहरुलाई धन्यवाद र आभार ब्यक्त गरेकी थिइन् ।

नदिया लहर

उक्त कार्यक्रमको संचालन अनेसास न्यूयोर्क शाखाका उपाध्यक्ष शकुन ज्ञवालीले गरेकी थिइन् भने कार्यक्रमका सभापति राजेन्द्र श्रेष्ठले कार्यक्रमको समापन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK