न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

ENGLISH

NRN GLOBAL

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विजय थापा, डिसी

20 October, 2018 | Sandeep Bhattarai | 3735 Views | comments

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुनेविश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा आगामी अक्टोबर २७, २०१८ को दिन न्यूयोर्कको पांचै बोरोहरुमा “राईड फर नेपाल–कार र्‍याली” को आयोजना गरिने भएको जानकारी गराएको छ ।

“सुखी नेपाली, समृद्ध नेपाल” को सपना साकार पार्न नेपाल सरकारले पर्यटन व्यवसाय मार्फत आर्थिक समृद्धि ल्याउने उद्देश्यका साथ सन् २०२० लाई “भ्रमण बर्ष २०२०” को घोषणा गरेको छ । उक्त छापा बिज्ञप्तिमा हालका बर्षहरुमा १० लाख पर्यटक नेपाल आउने गरेकोमा उक्त भ्रमण बर्ष २०२० मा यसै अभियान मार्फत २० लाख पर्यटक भित्राउने लक्ष्य नेपाल सरकारले लिएको समेत उल्लेख गरेको छ ।

यस अभियानलाई सफल पार्न स्वदेश तथा बिदेशमा बिभिन्न पर्यटन प्रर्वद्धनका कार्यहरुलाई नेपाल सरकारले नेपाल पर्यटन बोर्डको अगुवाईमा अत्यन्त महत्वका साथ अघि बढाईको जानकारी छापामा उल्लेख गरेको छ ।

हालका बर्षहरुमा १० लाख पर्यटक नेपाल आउने गरेकोमा उक्त भ्रमण बर्ष २०२० मा यसै अभियान मार्फत २० लाख पर्यटक भित्राउने लक्ष्य नेपाल सरकारले लिएको छ । उक्त कार्यक्रममा अमेरिका र खासगरी न्यूयोर्कमा स्थापित बिभिन्न नेपाली संघ/सँस्था हरुको प्रत्यक्ष सहयोगमा सम्पन्न हुन लागेको हो।

र र्‍याली अक्टोबर २७ तारिखको बिहान ९ बजे न्यूयोर्कको कुईन्सबाट शुभारम्भ भई न्युयोर्क राज्यको पाँचवटै बोरोहरु (कुईन्स, मेनह्याटन, ब्रुकलिन ,ब्रोङ्कस र स्टेटन आईल्याण्ड) को परिक्रमा गरि अपरान्ह् ३ बजे ज्याकसन हाईटको डाईभर्सिटी प्लाजामा समापन हुने जनाएको छ ।

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कका लागि नेपाल पर्यटन बोर्डका अवैतानिक पर्यटन प्रतिनिधी प्रदिप श्रेष्ठले अक्टोबर १८, २०१८ का दिन छापा विज्ञप्ति मार्फत उक्त जानकारी गराएका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK