न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सवको तयारी पुरा

ENGLISH

NRN GLOBAL

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सवको तयारी पुरा

11 September, 2018 | Kabi Adhikari | 2740 Views | comments

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सवको तयारी पुरान्यूयोर्क — नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) ले यही सेप्टेम्बर १५ र १६ मा आयोजना गर्न लागेको दोश्रो आदिवासी चलचित्र महोत्सव र निफ्फ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

फिप्नाले न्यूयोर्कको ज्याक्सन हाइटमा अवस्थित मुस्ताङ किदुगको कार्यालयमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।

महोत्सव संयोजक एवं फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले नेपालको आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार, संस्कृति र रितिरिवाजहरुको संरक्षण, संर्द्धन र प्रवर्द्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सवले आदिवासी जनजातिहरुको चलचित्रको विकास र बजार प्रवर्धन गराउन मद्दत पुर्याउने फिप्नाका अध्यक्ष मान रानामगरको भनाई छ । आदिवासी चलचित्रकर्मीहरुलाई मुलधारको चलचित्र क्षेत्रमा स्थापित गराउन सहयोग र प्रोत्साहन गर्न तथा आदिवासीहरुको संस्कार र संस्कृतिलाई लिपीवद्ध गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

न्यूयोर्कको क्वीन्समा अवस्थित गुल्सन टेरेशमा २ दिनसम्म चल्ने महोत्सवमा आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति र रितिरिवाजमा आधारित रहेर बनाइएका ९ वटा चलचित्र, ३ वटा छोटो चलचित्र, २ वटा वृत्तचित्र र छनौटमा नपरेका विभिन्न समुदायको छोटो चलचित्रको विशेष प्रदर्शन गरिने आयोजकले जनाएको छ । महासंघले प्रारम्भिक चरणमा चलचित्र छनौटका लागि आदिवासी चलचित्र महासंघ नेपालका अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा ५ सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो ।
त्यसमा सुनुवारसहित अनिल बुढा, श्रीजना सुब्बा, अरुण प्रधान, भुपेन्द्र गुरुङ रहेका समितिले पहिलो चरणमा पूर्ण तथा छोटो चलचित्र र वृत्तचित्र गरी ४६ वटा मध्ये २४ वटा छनौट गरेर पठाएको जनाएको छ । – कान्तिपुरबाट ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK