न्युयोर्कमा शान्तिको लागि विश्व फेशन परेडको आयोजना हुने

ENGLISH

NRN GLOBAL

न्युयोर्कमा शान्तिको लागि विश्व फेशन परेडको आयोजना हुने

23 June, 2016 | Bipin Acharya | 1360 Views | comments

अमेरिकाका नेपाली मुलका युवाहरुको बिशेष संलग्नता तथा पहलमा आगामी सेप्टेम्बर महिनामा शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना हुने भएको छ ।

world-fashion-parade-729x1024

world fashion paradeशान्तिको लागि भेषभुषा को नारा दिइएको उक्त कार्यक्रम सेप्टेम्बर २५ तारिख न्युयोर्कको प्रसिद्ध गोथाम सभा कक्षमा हुने तय भएको छ ।

विश्व शान्तिको प्रबर्धन फेशनको माध्यम द्वारा भन्ने नारालाई बिशेष महत्व दिइएको उक्त कार्यक्रम अहिले सम्म भेषभुषा प्रदर्शन बिश्व शान्तिको प्रबर्धन भनि नगरिएको आयोजकले दाबि गरेका छन् ।

यस बृहत फेशन प्रदर्शनमा बिश्व भरका डिजाइनर (रुपकार) तथा मोडल( प्रतिरुप) हरु सहभागी हुने छ । उनीहरुले सयुक्त रुपमा बिश्व शान्तिको संदेश दिने गरि सबैलाई एक थलोमा ल्याईने बताइएको छ ।

अमेरिकामा नेपालीहरुको कार्यक्रम मै ईतिहासमै यो कार्यक्रम सबै भन्दा ठुलो हुने छ भन्ने विश्वास गरिएको छ । जसको कारण नेपालको नाम लाई सगरमाथा झैँ उच्च बनाउने विश्वासको साथ नेपाली मुलक युवाहरु अहोरात्र खटिई रहेका छन् ।

विश्व भेषभुषा प्रदर्शन को कार्यक्रम स्थल गोथाम सभा मण्डपको कार्यक्रम स्थलको शुल्क अति चर्को ( ७० हजार डलर )पर्न जाने भएता पनि आँट गरि अगाडी बढी रहेका छन् ।

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने विश्व फेशन परेडका रणनीति तथा संचालन निर्देशक निराकार उप्रेतीले यो भनेको स्वप्न मंच हो भने । जहाँ विश्वका भेषभुषा रुपकार तथा नमुना महिला तथा पुरुष सहभागी हुदैछन् । यो बृहत परियोजनालाई सिद्ध गर्न हामी कुनै कसर नछोड्ने प्रतिबद्धता सहित अगि बढी रहेको बताए । उनले अगाडी भने यस्ता बृहत कार्यक्रममा हामी सबै नेपाली समुदायले गर्व गर्नु पर्छ भने ।

विश्व शान्तिको संदेश साथमा लिएर वर्ल्ड फेसन परेडले नेपाललाई प्रबर्धन गर्न योगदान गर्ने छ । वर्ल्ड फेसन परेड नेपाल पर्यटन बोर्डकि सद्भावना दुतको साथ सहभागी हुने छ जस्मा नेपालको कला ,संस्कृति ,फेसन तथा पर्यटक क्रियाकलापको प्रदर्शन गरिने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK