न्युयोर्कमा “मिस नेपाल नर्थ अमेरिका” हुने

ENGLISH

NRN GLOBAL

न्युयोर्कमा “मिस नेपाल नर्थ अमेरिका” हुने

बिजय थापा, अमेरिका ।

15 May, 2018 | Kabiraj Adhikari | 3435 Views | comments

अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । गत मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् ।


कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्ने जनाएको छ ।

८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन ,परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

प्रथम मिस नेपाल नर्थ अमेरिकाका समूहले न्यूयोर्कका प्रख्यात कार्यक्रम स्थलहरु गोथाम सभाकक्ष ,हामर्सटिन नृत्यकक्ष ,दि फिल्मोर, क्विन्स थेटर लगायतमा कार्यक्रम आयोजना गराई सकेका छन् । यसको साथै यसै समूहमा नेपाल को ग्रामिण विकास ,पुनरुद्धार तथा भूकम्प पश्च्यात पुनर्निर्माणमा संलग्न भएका समुह समेत रहेका छन् ।

मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्न जनाएको छ । यो मुद्दा सबै संसारमा चर्चाको उचाइमा रहेको छ भनि जनाएको छ । अर्को पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस वर्ष देखि सुरु गरिएको छ ।

बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधि द्वारा घोषणा गरिने छ भने यसै गरी दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्वितीय बिजेता उपाधि द्वारा सम्मान गरिने छ ।

प्रतियोगिता बिजेताले अन्तराष्ट्रिय गैर मुनाफा संस्थामा स्वयम् सेवक रुपमा काम गर्ने अवसर पाउने छन । यस्को साथै मिस ट्यालेन्ट, मिस पपुलर ( जनता को मत द्वारा ) ,मिस डिसीप्लेन ,मिस पर्सोनालिटी तथा मिस क्याटवाक समेत उपाधि प्रदान गरिने पत्रकार भेटघाटमा जनाएका छन् ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्व को शिप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।

बिस्तृत जानकारीको लागि info@missnepalna.com, www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् ।

आयोजक समुहमा अन्तर्गत निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक /सभापति रहेका छन् । अमेरिका मै रही बिभिन्न कार्यक्रम मार्फत सद्भावना दुत भई सकेका नविना बस्नेत उप्रेती लगायत ख्याती प्राप्त संघ/संस्था नेतृत्व गरि सकेका समुदायका व्यक्तित्वहरु सल्लाहकारमा संलग्न रहेका छन् ।

नेपाली भाषा कक्षा सञ्चालन गरेको एकबर्ष पुगेको उपलक्षमा प्रशंसा पत्र वितरण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK