न्युयोर्कमा मानबअधिकारकर्मी नर्बदा क्षेत्री ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ द्वारा सम्मानित

ENGLISH

NRN GLOBAL

न्युयोर्कमा मानबअधिकारकर्मी नर्बदा क्षेत्री ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ द्वारा सम्मानित

विजय थापा, वाशिंगटन डिसी

12 November, 2017 | Sandeep Bhattarai | 1395 Views | comments

कुईन्स एम्बासडर पुरस्कार

विश्व कै सम्राट राज्य मानिने न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी निकै क्रियाशील नेपाली समुदायकी मानव अधिकारकर्मी तथा महिला सामाजिक कार्यकर्ता नर्बदा क्षेत्रीलाई ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ द्वारा सम्मानित गरिएको छ l उनी सहित २५ जना आप्रवासीहरुलाई असाधारण, उदाहरणीय तथा फरक समुदायमा काम गरे वापत सम्मान गरिएको हो l

उनलाई न्यूयोर्कस्थित झन्डै एक सय बर्ष अगाडी स्थापना भएको (सन् १९१९) टाइम्स लेजर पत्रिकाले उक्त पुरस्कार द्वारा सम्मान गरेको हो । अधिकारकर्मी क्षेत्रीलाई यस अघि सन् २०१२ मा न्यू योर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले ‘इमिग्रेन्ट हेरिटेज अवार्ड’ द्वारा सम्मान गरेका थिए भने युएसनेपालअनलाईनले उनले गरेको समाज सेवाको उच्च कदर गर्दै सन् २०११ मा ‘गेस्ट अफ अनर’ द्वारा सम्मान गरेको थियो ।

न्यूयोर्क शहरको कुइन्सस्थित विशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ती कृयाशिल संस्था ‘अधिकार’की कार्यक्रम तथा संगठन निर्देशक अधिकारकर्मी क्षेत्रीसंग नेपालमा झन्डै १५ बर्ष मानब अधिकारको क्षेत्रमा काम गरेको अनुभब छ।

अधिकारकर्मी नर्बदा क्षेत्रीकै सकृय नेतृत्वमा अधिकारले न्यूयोर्कका अन्य आप्रवासी कामदार सम्बन्धि क्रियाशील संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जुन न १ तारिख न्यूयोर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी विधेयक पारित गराउन सफल भईसकेको छ। न्यूयोर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र ईलिनोई राज्यले घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गरिसकेको छ ।

उता अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २०११ मा घरेलु कामदारहरुको हक अधिकारको ग्यारन्टी (प्रत्याभूति ) गर्दै अन्तराष्ट्रिय कानुन पारित गरिसकेको छ । उक्त कानुन पास गराउन दबाब दिन अधिकारकर्मी क्षेत्री पनि अमेरिकि प्रतिनिधिहरुसंग जेनेभा पुगेकी थिईन् । अमेरिकामा घरेलु कामदारहरु २५ लाख भएको र विश्वभर दुई करोड ५ लाख भएको अनुमान गरिन्छ ।

अधिकार संस्थाको संगठन निर्देशकको रुपमा अन्य आप्रवासीहकका लागि संघर्षरत संघसंस्थाहरुसंग मिलेर न्यूयोर्क राज्यबाट सन् २०१५ मा नेल्स सलुन टेक्निसियन(नङ तथा प्रसाधनालय प्राबिधिक ) कामदारहरुको हक अधिकार सम्बन्धी बिधेयक पारित गराउन सक्नुलाई अधिकारकर्मी क्षेत्रीले अर्को सफलता र खुशीको कुरा ठान्दछिन् ।

कुईन्स एम्बासडर पुरस्कार

जसको फलस्वरुप न्यूयोर्क राज्यमा अहिले शृंगार तथा नङ पसल मा काम गर्ने बैधानिक कागज भएका या नभएका कुनै पनि कामदारले नेपाली लगायत बिभिन्न भाषामा प्रमाणी कारणको लागि परीक्षा दिन सकिने व्यवस्था बनेको छ । छेत्री जेसिज अभियान अन्तर्गत रही हेटौडा महिला जेसिजकी समेत पूर्व अध्यक्ष लगायत सामाजिक संस्थामा आबद्ध रहेकी थिइन् l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK