न्युयोर्कमा नयाँवर्ष अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

न्युयोर्कमा नयाँवर्ष अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

10 January, 2018 | Kabiraj Adhikari | 4825 Views | comments

नयाँवर्षको अवसरमा युनाईटेड किराँत राई अर्गनाइजेशन न्युयोर्क च्याप्टरले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । युनाइटेड किराँत राई एसोसियसन न्युयोर्कका अध्यक्ष केशवराम राईको अध्यक्षतामा शुभकामना आदान–प्रदान गरेर नयाँवर्ष मनाएको हो ।

kirat-rai-usa

सो अबसरमा युनाईटेड किराँत राई अर्गनाइजेशन की केन्द्रीय उपसभापति मुना राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अध्यक्ष राईले सबैलाई नयाँवर्षको शुभकामना दिदैं उपस्थित सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

सोहि अवसरमा गतवर्षको तिहार कार्यक्रममा सहयोग गर्ने कलाकारहरुलाई खादा ओढाएर सम्मान गर्दै सम्मानपत्र समेत वितरण गरिएको थियो । त्यस्तै संस्थाका सल्लाहकार प्रभाकर राईले नयाँवर्षको शुभकामना दिएका थिएका थिए भने केन्द्रीय कोषाध्यक्ष मदन राईले संस्थाको सबै सहयोगीलाई धन्यवाद दिदैँ विदेशमा रहेपनि राईहरुले आफ्नो धर्म संस्कृति भुल्न नहुने बताएका थिए । उनले भावि सन्ततीलाई आफ्नो संस्कार संस्कृति बुझाउनु र सिकाउनु पर्ने बताए ।

kirat-rai-usa-samman

त्यस्तै खालिङ समाज अमेरिकाका उपाध्यक्ष पर्खि राईले राईहरुको भाषा धेरै रहेको र यी भाषाहरुमध्येको एक भाषिक राई खालिङ्ग राई पनि रहेको बताउँदै अन्य भाषाका राईहरुले पनि संस्था स्थापना गरेर आफ्नो भाषाको पनि संरक्षणमा पहल गर्नु पर्ने बताए । राईहरुको बीचमा धेरै भाषा छन् । ती भाषाका हामी धनी हौं भनेर गर्व गर्नुपर्ने कुरामा पहल गर्न अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य सुखराज राई तथा राई एकताको प्रतिनिधि सहजकर्ता अग्नि राईका समेत उपस्थिति रहेको थियो । सोहि अवसरमा युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्युर्योक च्याप्टरको कल्चर विभाग प्रमुख बिपिन राईले सञ्चालन गरेका थिए ।

kirat-rai-usa-udghosak

त्यस्तै कलाकारहरुलाई प्रमुख अतिथि मुना राईले संस्थाका सल्लाहकार प्रभाकर राईले केन्द्रीय कोषाध्यक्ष मदन राई केन्द्रीय सदस्य सुख राई र अतिथि आंग्वु शेर्पा र खालिङ समाज अमेरिकाका अध्यक्ष सभापति मकर राईले प्रदान गरेका थिए ।

नेपाल संम्बत ११३८ को अवसरमा कोलोराडोमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK