न्युयोर्कमा आप्रवासी सम्बन्धी बहस कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

न्युयोर्कमा आप्रवासी सम्बन्धी बहस कार्यक्रम सम्पन्न

4 May, 2017 | Bipin Acharya | 640 Views | comments

आप्रवासी कानुन एवम पछिल्ला घटनाक्रमका बिषयमा न्युयोर्कमा सामुदायिक बहस कार्यक्रम सम्पन्न भएको छ । कुईन्स लाईब्रेरीमा आयोजित बहसमा मुलत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आप्रवासी सम्बन्धी कार्यकारी अधिकार र त्यसले नेपालीलाई पार्न सक्ने बिषय छलफल भएको थियो ।

उपस्थित सेवाग्राहीले आप्रवासी कानुनविद् विनोद रोका र रमेश श्रेष्ठलाई आआफनो प्रश्न एवम जिज्ञाशा राखेका थिए । पछिल्लो समयमा आप्रवासी सम्बन्धी संघीय सरकारको अनुदारवादी योजनाले कागजबिहिन नेपाली आप्रबासीहरु त्रसिद रहदै आएका छन् ।

बहसको आयोजना नेपाली सामुदायिक टेलिभिजन कार्यक्रम ‘सम्प्रेषण’ले गरेको थियो । बहसकै क्रममा अमेरिकी अध्यागमन सम्बन्धी अस्थायी सुरक्षा ब्यवस्था अर्थात टेम्पोरेरी प्रोटेक्टेड स्टाटस ( टिपीएस) हैसियतमा रहेका नेपालीले ग्रीनकार्डका लागि आवेदन दिनसक्ने बिषय, अस्पष्ट रहेको कानुनविद्ले बताएका छन् । हालै टिपीएस हैसियतकाले ग्रीनकार्ड आवेदन दिनसक्ने बिषय उठेपनि, यो बिषय आप्रबासी कानुनमा उल्लेख नभएको उनीहरुको भनाई थियो । वकिलद्वय रोका र श्रेष्ठको तर्क थियो,‘टिपीएस वालाले आवेदन दिन पाईन्छ कि पाईदैन भनेर जिकिर गर्न सकिदैन् ।’

मिडिया र सामाजिक संजालमा आए जस्तो भने नभएको उनीहरुको भनाई थियो । केश आधारमा अमेरिकामा रहेका एघार सर्किट कोर्ट मध्ये छैठौं र नवौं कोर्टले मात्र आवेदन दिन सक्ने रुलिङ गरेको बताए । कार्यक्रम प्रस्तोता शैलेश श्रेष्ठ द्वारा संचालित अन्र्तक्रियाको आरम्भमा सह–प्रायोजक कुईन्स लाईब्रेरीका सेलिना शर्मिनले उपस्थित नेपाली समुदायलाई स्वागत गरेकी थिईन । कार्यक्रमलाई तामाङ सोसाईटी अफ अमेरिका, मगर एसोसिएसन, किराँत राई एसोसिएसन एवम भोजपुर समाजले सहयोग गरेका थिए ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK