न्युयोर्कमा आनी छोइङले आध्यात्मिक गीत सुनाउने

ENGLISH

NRN GLOBAL

न्युयोर्कमा आनी छोइङले आध्यात्मिक गीत सुनाउने

5 March, 2016 | Sandeep Bhattarai | 525 Views | comments

विजय थापा ,फुलको आँखामा फूलै संसार बाट हरेक नेपालीको हृदयमा बास बसेकी सुमधुर स्वरकि धनि आनी छोइङले आगामी मार्च २० तारिखमा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउने भएकी छिन् ।

aangg

उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको छ। उनले त्यहाँ हिमाली बौद्ध भजन, तथा आध्यात्मिक गीत सुनाउने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको स्वरमा सुनिने भएको छ भने आनीले भजन र आध्यात्मिक गीतको साथै मन्तब्य पनि दिने छिन् ।

‘राष्ट्रसंघले सन् २०१२ देखि २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवस’ मनाउदै आएको छ भने उक्त अवसरमा आनी छोइङ डोल्माले बौद्ध मन्त्र मार्फत शान्तिको कामना समेत गर्ने छिन्।

युनिसेफकी सद्भाव दूत समेत रहेकी आनी छोइङको टोलीमा संगीतकार न्ह्यू बज्राचार्य, गोपाल रसाइली र रमन महर्जन पनि रहने छन् ।
यसको अतिरिक्त आनी छोइङले अमेरिकाको वाशिंगटन डिसी तथा न्युयोर्कमा भुकम्प पिडितहरुको सहयोगार्थ दुईवटा संगीत कार्यक्रम गर्ने भएकी छिन् ।

राष्ट्रसघको प्रस्तुति पछि न्युयोर्कमा आनीको कार्यक्रम मार्च २६ तारिखमा कोलडेन सभा मण्डप अडीटोरिएममा अमेरिकाको न्युयोर्कमा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था ग्रास मुभमेन्ट इन नेपालजीमिन०ले भूकम्प पिडितको सहयोगार्थ गर्ने भएको छ ।

यसै गरि वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप अडीटोरिएममा अप्रिल २ तारिख आनीको कार्यक्रम हुने भएको जानकारी आयोजक सदस्य तथा ब्यबसायी सुरेश सापकोटाले जानकारी दिएका छन् ।अमेरिकामा आनी आनी छोइङको सांगीतिक कार्यक्रम हुने भएकोले अमेरिकामा उनका प्रसंशकहरु उत्साहित भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK