न्युयोर्कमा अल्ट्रा धाविका राई ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित

ENGLISH

SPORTS

न्युयोर्कमा अल्ट्रा धाविका राई ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित

11 October, 2018 | Sandeep Bhattarai | 2955 Views | comments

मीरा राई

नेपाली अल्ट्रा धाविका मीरा राई ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित भएकी छिन् । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा एशिया सोसाइटीले राईलाई बुधबार सो सम्मान प्रदान गरेको हो ।

सोसाइटीले राईसहित अन्य विभिन्न मुलुकका आठ जनालाई पनि सो अवार्ड प्रदान गरेको छ ।कीर्तिमान तोडेको, प्रेरणादयी र लाखौँ महिलाका लागि सहयोग गरेको भन्दै सोसाइटीले राईसहित नौ व्यक्तिलाई सम्मान गरेको हो । सम्मानित भएपछि राईले सामाजिक सञ्जालमार्फत आफ्नो जीवनकै उत्कृष्ट दिन भएको बताएकी छिन् ।

विश्वका विभिन्न स्थानमा ट्रेल रनिङमा प्रतिस्पर्धा गरेकी राई सन् २०१६ मा नेसनल जोग्राफीले प्रदान गर्ने ‘एड्भेञ्चर अफ दी इयर’ घोषित भएकी थिइन् । राईले साहसिक खेलबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकी छिन् ।

अल्ट्रा धाविका राई तत्कालीन द्वन्द्वकालताका सशस्त्र माओवादी लडाकु थिइन् । शान्ति प्रक्रिया शुरु भएपछि अयोग्य लडाकु घोषित भएपछि उनको पाइला खेलकूदतिर मोडिएको थियो । साहसिक खेल विधामा पर्ने अल्ट्रा रनमा उनले नेपालको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न देशमा आयोजित प्रतियोगितामा भाग लिँदै पुरस्कार जितेकी छिन् ।

ट्रेल रनिङ र स्काई रनिङमा मीरा विश्वमै चर्चित छिन् । उनले विभिन्न रनिङमा प्रथम स्थानसमेत हासिल गरेकी छिन् । राईले २०१५ फ्रान्समा भएको एकल माउण्ट ब्लान्क अल्ट्रा म्याराथनमा स्वर्ण पदक, २०१५ मा हङकङमा भएको स्काई रनिङ एशियन च्याम्पियनसिपमा स्वर्ण पदक, २०१७ मा बेलायतमा सम्पन्न बेन नेभिस अल्ट्रा दौडमा स्वर्णलगायत दर्जनौँ पदक जित्न सफल भइसकेकी छिन् ।

अल्ट्रा म्याराथनलाई खेलकूदको कुनै पनि उच्च निकाय र एथ्लेटिक्स सङ्घले समेत बेवास्ता गर्दै आएको छ । खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकूदमा छ ।

अल्ट्रा धाविका मीरा राईलाई सम्मान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK