न्युजर्सी एन्टा चौथों सम्मेलन सफलता पूर्वक सम्पन्न ,नयाँ कार्य समितिको सभापतिमा सिंह

ENGLISH

NRN GLOBAL

न्युजर्सी एन्टा चौथों सम्मेलन सफलता पूर्वक सम्पन्न ,नयाँ कार्य समितिको सभापतिमा सिंह

विजय थापा,वाशिंगटन डीसी

30 May, 2017 | Sandeep Bhattarai | 505 Views | comments

एन्टा

‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी समितिको समेत गठन गरेको छ l

आगामी दुई बर्षको लागि नया कार्य समितिको सभापतिमा विजय सिंह , वरिष्ठ उपाध्यक्षमा डा. सुबोध मल्लिक, उपाध्यक्षमा अरविन्द सिंह, उपाध्यक्षमा सुभाष कुमार बैठा, सचिवमा इन्द्रदेव साहु, सह सचिवमा जितेन्द्र ठाकुर, कोषाध्यक्षमा मुकेस कर्ण निर्वाचित भएका छन् l

यसै गरि प्रवक्तामा अपरजिता झा तथा सदस्यहरुमा ओम गोइत , खुस्बु मिश्र, मोहन यादव, रतनेश झा ,अर्चना कायस्थ् लगायतका सदस्य हरु निर्वाचित भएका छन् l सम्मेलनको मुख्य नारा मधेसका लागि शान्ति र समृद्धि भन्ने रहेको थियो भने सम्मेलनमा विभिन्न राज्यहरुमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता रहेको थियो l

सो सम्मेलनमा आपसी सहयोग ,आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वर्धन गर्ने जस्ता बिषयमा गहन छलफल भएको थियो l आफु बिदेशमा रहेता पनि आफ्नो देश / मातृभुमीको को लागि सहयोग र विकास गर्ने बिषयमा वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्दै आफ्ना मन्तव्य राखेका थिए l

उदघाटन कार्यक्रममा नेपालका लागी पूर्व राजदूत स्कोट डेलेसी ,कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे. डी. किम, एलाइन्स फर पिस विलडिगं का पूर्व सभापति चार्ल्स दामवाच, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. उपेन्द्र कर्ण, डा. नविन सिंह,ललित झा लगायत अन्य अतिथिहरुले मन्तव्य राखेका थिए l

एन्टा

एन्टाका सभापति डा. चक्रधर मिश्रको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन सचिव अरविन्द सिंहले गरेका थिए l सम्मेलनमा विभिन्न सांस्कृतिक साँझ भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको थियो l सम्मेलनको आयोजना न्युयोर्क शाखाले गरेको थियो । सम्मेलनमा समाज सेवा लगायत अन्य बिभिन्न क्षेत्रमा काम गरेका ख्याति प्राप्त विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।

एसोसियसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) विभाजन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK