न्युजर्सीमा फहरियो नेपालको झण्डा

ENGLISH

NRN GLOBAL

नेपालको झण्डा

न्युजर्सीमा फहरियो नेपालको झण्डा

1 July, 2017 | Sandeep Bhattarai | 910 Views | comments

नेपालको झण्डा

नेपालीहरुको बाक्लो उपस्थिति रहेको अमेरिकाको न्युजर्सीका नगर प्रमुख स्टेभन फुलपले नेपालको झण्डा फहराएका छन् । जुन ३० तारिख शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख फुलपले नेपालको झण्डा फहराएका हुन् ।

न्यूजर्सी नगरकक्षमा फहराइएको यो झण्डा अब अमेरिकाको झण्डासंगै सधैं फहराउनेछ । यअिघ जुन ३० लाई न्युजर्सी सिटीले नेपालको झण्डा फहराउने दिवस घोषणा गरेको थियो ।

न्यूजर्सीमा लामो समयदेखि रहेका नेपाली अगुवाहरुको विशेषा पहलमा यो कार्य सम्पन्न भएको हो । यसले नेपाल र नेपालीको ठूलो सम्मान भएको छ ।

नेपालको झण्डा फहराएर नेपालको ठूलो सम्मान गरेको जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर बनेको छ । यसअघि सन् २०१० को नोवेम्वर १९ तारिखमा फिलाडेल्फिया सिटीले पहिलोपटक नेपालको झण्डा फहराएको थियो । त्यस्तै कोलोराडोको सिटी अफ डेनभरले अप्रिल महिनाको तेश्रो आइतवारलाई नेपाल दिवसका रुपमा मनाउदै आएको छ ।

समारोहमा नेपालको झण्डा फहराउनुका साथै नेपालको राष्ट्रिय गान समेत बजाइदा उपस्थित नेपालीहरु भावुक बनेका थिए । कार्यक्रममा केही नेपालीहरुलाई मेयरले सम्मान समेत गरेका थिए ।

नेपालको झण्डा

सम्मानित हुनेहरुमा न्युयोर्कका चर्चित कानुन व्यवसायीहरु न्युजर्सी निवासी खगेन्द्र जीसी, केशव सेडाई र युवा नेता ऐश्वर्या शर्मा रहेका थिए । कार्यक्रममा उपस्थितत नेपालीहरु विविध नेपाली पहिरनमा रहेका थिए ।

अमेरिकाको न्युजर्सी शहरमा नेपालको झण्डा फहराउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK