‘नेफ्टा अवार्ड’ सम्पन्न ‘टलकजङ्ग भर्सेज टुल्के’ उत्कृष्ट चलचित्र

ENGLISH

NRN GLOBAL

‘नेफ्टा अवार्ड’ सम्पन्न ‘टलकजङ्ग भर्सेज टुल्के’ उत्कृष्ट चलचित्र

25 September, 2015 | Sandeep Bhattarai | 675 Views | comments

नेपाल चलचित्र प्राविधिक सङ्घले प्रदान गर्दै आएको ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट चलचित्रको सम्मान ‘टलकजङ्ग भर्सेज टुल्के’ले पाएको छ ।

nef

कतारको राजधानी दोहामा सम्पन्न आठौ नेफ्टा अवार्ड समारोहमा उत्कृष्ट पाँच विधामा समेत सो चलचित्रले नै सम्मान जितेको छ । त्यसका नायक खगेन्द्र लामिछाने र नायिका ऋचा शर्मा उत्कृष्ट घोषित भए । त्यसबाटै सर्वोत्कृष्ट निर्देशक निश्चल बस्नेत र उत्कृष्ट संवाद लेखक खगेन्द्र लामिछानेले जिते ।

उत्कृष्ट जुरी अवार्ड ‘कबड्डी’, वर्षको लोकप्रिय चलचित्र ‘कोहिनुर’, उत्कृष्ट कथा सविन बास्तोला(सुनपानी), उत्कृष्ट गीतकार कृष्णहरि बराल(कोहिनुर), लोकप्रिय नायक आर्यन सिग्देल र लोकप्रिय नायिका प्रियङ्का कार्की घोषित भए ।

उत्कृष्ट नवनिर्देशक रामबाबु गुरुङ (कबड्डी), उत्कृष्ट नवनायिका अन्ना शर्मा (जेरी), उत्कृष्ट नवनायक हसनराजा खान (अलबिदा), उत्कृष्ट सहअभिनेत्री चुल्टिङ गुरुङ (नोभेम्बर रेन), उत्कृष्ट सहअभिनेता सलोन बस्नेत(आभास), उत्कृष्ट खलअभिनेता अनुपबिक्रम शाही (हसिँया) तथा उत्कृष्ट पाश्र्वगायक युवराज चौलागाईँ(नोभेम्बर रेन) र पाश्र्वगायिका रेजिना रिमाल(नाइँ नभन्नू ल)ले पाएका छन् ।

कार्यक्रममा विभिन्न नेपाली चलचित्रका महत्वपूर्ण क्षेत्रलाई समेट्दै ३६ विधामा सम्मान प्रदान गरिएको थियो । नेफ्टा अवार्डको प्रतिस्पर्धामा ७५ चलचित्रको सहभागिता थियो । त्यस्तै गिनिजबुकमा विश्व कीर्तिमान राख्न सफल कान्छा निर्देशक आठ वर्षीय सौगात विष्टलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा सम्मान गरिएको थियो ।

मह जोडीलाई ‘कलारत्न पुरस्कार’

वरिष्ठ हास्यकलाकार महजोडीलाई ‘कलारत्न पुरस्कार’द्वारा सम्मान गरिएको थियो । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा मीनेन्द्र रिजालले उहाँहरुलाई सो सम्मान प्रदान गर्दै प्रवासी नेपालीको विप्रेषणले नै मुलुक धानिएको र यसले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

SONY DSC

नेपालमा नयाँ सविधान जारी भइसकेकाले अब प्रवासमा धेरै दिन बस्नु नपर्ने उहाँको भनाइ थियो । मन्त्री डा रिजालले नयाँ सविधान जारी हुँदा केहीको असन्तोष आएको भए तापनि सरकारले छिट्टै समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०५६ देखि सुरु गरिएको सो सम्मानको पाँचौ संस्करणसम्म नेपालमा नै आयोजना गरिए पनि छैटौँ मलेसिया, सातौँ हङकङ हुँदै यस वर्ष कतारमा भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारका अध्यक्ष शक्ति क्षेत्रीले जानकारी दिनुभयो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK