चपली हाइट २ अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शन हुँदै

ENGLISH

ENTERTAINMENT

चपली हाइट २ अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शन हुँदै

22 July, 2016 | Anjana Bhandari | 975 Views | comments

chapali height

बिगत लामो समय देखि अष्ट्रेलियामा बिभिन्न ईभेन्ट आयोजना गर्दै आएको नेप्ले इभेन्टले चलचित्र ‘चपली हाईट २’ को अष्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको छ । भदौ २ गते नेपाल रिलिजका दिन नै अष्ट्रेलियामा समेत चलचित्र प्रदर्शन हुने भएको छ ।

प्रदर्शन अधिकार खरिदकर्ता नेप्ले ईभेन्टका निर्देशक संजय कुमार शाहका अनुसार अष्ट्रेलियाको मेलबर्न संगै अन्य शहरमा समेत चलचित्र प्रदर्शन हुने भएको छ । जसको लागि सिड्नी लगायतका शहरका लागि शो गर्न ईच्छुक ब्यक्ती तथा संघ संस्था संग समन्वयन समेत गरिरहेको छ ।

मोटो रकममा चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको जानकारी गराउदै निर्देशक शाहले चलचित्रको शो मेलबर्न,सिड्नी,ब्रिसवियन,पर्थ र एडिलेडमा हुने बताए । उनका अनुसार चलचित्रको शोका लागि निर्माता अर्जुन कुमार र नायक आयुष्मान देसराज सहभागी हुनेछन् ।

चपली हाईटकै निर्देशक दिपेन्द्र के खनाल निर्देशित यस चलचित्रमा आयुष्मान देसराज, परमिता आरएल राणा, मरिष्का पोख्रेलको मुख्य भूमिकामा छन् । चलचित्रको सार्बजनिक ट्रेलरले फिल्मले राम्रो ब्यापार गर्ने संकेत देखाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK