‘नेपाल सुरक्षित छ’ भन्दै कोरियामा प्रचार

ENGLISH

NRN GLOBAL

‘नेपाल सुरक्षित छ’ भन्दै कोरियामा प्रचार

19 June, 2016 | Bipin Acharya | 775 Views | comments

भूकम्पपछि पनि नेपालको अवस्था ठीक रहेको भन्दै दक्षिण कोरियामा तीब्र प्रचार गरिएको छ । कोरिया वर्ल्ड ट्राभल फेयरको ३१ औं सम्मेलनमा नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र नाटाको पश्चिम शाखा पोखराले संयुक्त रुपमा प्रचार गरेका हुन् ।

18062016050044Korea12-1000x0

सम्मेलनमा कोरियाका लागि नेपाली काबा राजदूत किरण शाक्यले दुई देशको आपसी सहयोगको चर्चा गर्दै नेपालको विकास प्रकृया र पुनर्निर्माणमा कोरिया सरकारले गरेको सहयोगका लागि धन्यवाद ब्यक्त गरेका थिए । उनले नेपाल सबै किसिमका पर्यटकले सबै खालका अनुभव लिन सक्ने एक मात्र देश रहेको जिकिर गरे ।

नेपाल सरकार र नेपाल पर्यटन बोर्डका प्रतिनिधिद्वय चिरञ्जीवी खनाल र उदय भट्टराईले नेपालमा पर्यटन सम्बन्धि कार्यक्रम लैजानुपर्ने र भुकम्पले पर्यटन क्षेत्रलाई असर पारेको बारेमा प्रकाश पारेका थिए ।

कोरिया वर्ल्ड ट्राभल फेयर (कोट्फा) का अध्यक्ष सिन जोङ मोकले पर्यटन प्रवद्दन गर्न नेपाललाई सक्दो सहयोग गर्ने र अवकाशपछि आफू नेपाल गएर नेपालको पहाडी क्षेत्रमा कफी खेति गरेर बस्ने इच्छा व्यक्त गरे ।

कोरिया प्रेस सेन्टरमा भएको कार्यक्रम संचालन गर्दै पर्यटन बोर्डका कोरिया प्रतिनिधि केपी सिटौलाले सञ्चारमाध्यममा आए जस्तो नेपालको पर्यटकीय संरचना विनास नभएको जानकारी दिदैं कोरियाली पर्यटकलाई भूकम्पपछिको अवस्था बुझ्न र अप्ठ्यारो परेका बेला सघाउन एक चोटी अनिवार्य नेपाल जान आग्रह गरेका थिए ।

कोरियाका पर्यटन व्यवसायी,पत्रकार, नेपाल पर्यटन बोर्ड, नेपाल सरकारका, पोखरा क्षेत्रका पर्यटन ब्यबसायी लगायत सयौंको संख्यामा उपस्थित रहेको कार्यक्रममा पर्यटन सम्बन्धी विभिन्न ब्यक्तिले नेपालको पर्यटन सम्भावना बारेमा मन्तव्य राखेका थिए ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK