नेपाल संम्बत ११३८ को अवसरमा कोलोराडोमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाल संम्बत ११३८ को अवसरमा कोलोराडोमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट कोलोराडो, अमेरिका

23 October, 2017 | Sandeep Bhattarai | 1755 Views | comments

नेपाल संम्बत

नेपाल संम्बत ११३८ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार एक कार्यक्रम आयोजना गरि एक आपसमा भिन्तुना आदान प्रदान गरेका छन् ।

नेवा खःल कोलोराडोले आयोजना गरेको न्हूदया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली घरका अध्यक्ष लक्ष्मण राना, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, वोर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा गन्यमान्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित बयोबृद्ध बिश्वभक्त श्रेष्ठबाट पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा, हेमकुमार श्रेष्ठ र बिना श्रेष्ठले उपस्थित सबैलाई रातोटिका लगाई शुभकामना सहित आर्शिवाद प्रदान गरेका थिए ।

आयोजक संस्था नेःवा खलका सचिव मोहन श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने बिश्वभक्त श्रेष्ठले कार्यक्रमको महत्ब र यसको ईतिहास कोट्याएका थिए । उनका अनुसार भक्तपुरका राजा राघब देवलाई उनका ज्योतीषले साईत जुराई काठमाण्डौं स्थित बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए । सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए । काठमाडौँमा ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानीसले काठमाण्डौ देखी बालुवा किन लग्दैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो । त्यही सुन बेची शंखधरले सबै नेपालीको ऋण तिरी दिई नेपाल संम्बत चलाए ।

कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, नेपाली घरका अध्यक्ष लक्षुमण राना, ओर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिंदै नेःवा संस्कृती र परंपरा बिशाल रहेको जसले नेपाललाई विश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षकोलागी सबैको उत्तीकै जिम्मेवारी रहेको बताएका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा सुरेन्द्र अवाल र मोहन श्रेष्ठ र प्रेमकाजी श्रेष्ठले नेवारी संस्कृती पहिचाहन गराउने धिमे बाजा, धा“ बाजा बजाएका थिए । त्यसैगरी सुरेस श्रेष्ठले राजमती गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए । कार्यक्रमका प्रस्तोता संजय साक्यले नेपाल संम्बतको क्यालेण्डर छाप्नेकाम अन्तिम चरणमा पुगेको भन्दै क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने दाताहरुको नाम पढेर सुनाएका थिए । कार्यक्रममा प्रमुख अतिथी नारायण श्रेष्ठलाई संस्थाका अध्यक्ष प्रेम श्रेष्ठले खादा पहि¥यााएर सम्मान गरेका थिए भने, अन्य अतिथी तथा उपस्थित बयाबृद्धहरुलाई प्रमुख अतिथीले खादा पहि¥याई दिई सम्मान गरेका थिए ।

आजैको भेलाले नेःवाखल कोलोराडोको पुनर्गठन समेत गरिएको अध्यक्ष प्रेमकाजी श्रेष्ठले बताएका छन् । यसरी पुनर्गठित कार्यसमितीका अध्यक्ष, उपाध्यक्षद्धय, सचिव, कोषाध्यक्षमा क्रमश प्रेमकाजी श्रेष्ठ, चेतमान श्रेष्ठ र श्याम श्रेष्ठ, मोहनकाजी श्रेष्ठ, संजय शाक्य रहेका छन् । यसैगरी कार्यसमितीका सदस्यहरुमा हेमकुमार श्रेष्ठ, जोशनकुमार श्रेष्ठ, सुरेन्द्र अवाले, भेनस श्रेष्ठ, बिपीन श्रेष्ठ, मिरा राजवाहक, स्मिता प्रधान, सुरेश श्रेष्ठ छन् । यसैगरी आजको भेलाले सल्लाहकार समिती समेत गठन गरेको छ । गठीत सल्लाहकार समितीका सदस्यहरुमा नारायण श्रेष्ठ, डा.बिष्णु बहादुर श्रेष्ठ, नारायण श्रेष्ठ, धर्मराज श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र भुवन श्रेष्ठ रहेका छन् । कार्यसमिती यो नै पुर्ण नभएको आवस्यकता अनुसार थपीदै जाने अध्यक्ष प्रेमकाजीले बताएका छन् ।

नेपाल संम्बत

नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्तमा सभापती श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिदै नेवारी सांस्कृती जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी संस्कृति पहिचाहन गराउन हरेक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएकाको बताएका थिए ।

नेपाल संम्बत ११३७ को अवसरमा कोलोराडोमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK