नेपाल वायुसेवा निगमले पुनः नेपाल–युएई उडान भर्ने

ENGLISH

BUSINESS

नेपाल वायुसेवा निगमले पुनः नेपाल–युएई उडान भर्ने

28 July, 2016 | arjun baral | 1925 Views | comments

नेपाल वायुसेवा निगम  नेपाल–युएई

नेपाल वायुसेवा निगमले पुनः नेपाल–युएई उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सको विमानले युएईको दुबईमा चार बर्षपछि उडान भर्न लागेको हो । एयरलाइन्सले चार वर्ष पछिको पहिलो उडान भदौ २ गते राती ११ः३० बजे भर्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

निगमले युएईका लागि अधिकारिक रुपमा जनरल सेल्स एजेन्ट (जिएसए) तोकेर उडान भर्न लागेको हो । युएईको अजमानमा रहेको नेश्नल ट्राभल एजेन्सीलाई स्थानिय आधिकारीक एजेन्टको जिम्मा दिइएको छ । एजेन्टले यहाँ कार्यरत नेपालीलाई जानकारी गराइसकेको छ ।

दुबई बिमानस्थल र निगमबीच हुनुपर्ने सम्पूर्ण प्रक्रिया पुरा भएको र खाना सुविधासहित दुबईबाट नेपाल जाँदा ३५ केजी सामान र नेपालबाट दुबई आउँदा २० केजी सामान ल्याउन पाइने सुविधा दिएकाले अन्य बजेट एयरलाइन्समा भन्दा राम्रो सेवा नेपाल एयरलाइन्सले दिन लागेको जनरल म्यानेजर कुमार जगदिशनले जानकारी दिनुभयो । अन्य एअरलाइन्सको तुलनामा सस्तो र सुबिधा बढी हुने भएकोले नेपाल जानेकालागि यो उडान उपयुत्त हुने एजेन्टको भनाई छ ।

नेपाल एयरलाइन्सले काठमाडौंबाट दुबईका लागि आइतबार, मंगलबार र बिहिबार राती ११ः३० बजे उडान भर्नेछ, भने दुबईबाट सोमबार, बुधबार र शुक्रबार बिहान ४ः१० मा उडान भर्ने छ । सो उडानमा बिशेष र १ सय ५० अन्य सिटको ब्यबस्था हुनेछ ।

यो पनि हेर्नुहोस्:-कालो बोका काटेर एअरबसको पूजा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK