नेपाल र थाइल्याण्डले अंक बाँडे

ENGLISH

SPORTS

नेपाल र थाइल्याण्डले अंक बाँडे

20 November, 2017 | Sandeep Bhattarai | 1570 Views | comments

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको पहिलो खेलमा नेपालले अंक बाँडेको छ । आज (सोमबार) भएको थाइल्याण्डसंगको खेलमा दुबै टोलीले अंक बाँडेका हुन् । वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र थाइल्याण्डले १-१ अंक बाँडे ।

बैककको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै ९० रन बनायो । उसका लागि नारुइमोल चाइवाईले २३ र नत्ताकन चानथमले १९ रन बनाए । त्यस्तै यस्तै टिपोच र सुथिरुङले क्रमश १५ र १३ रन जोड्दै टोलीलाई बलियो स्थितीमा पुर्याइन । नेपालको लागि सरिता मगरले २ विकेट लिईन भने रुबिना क्षेत्री र करुणा भण्डारीको भागमा समान १-१ विकेट रह्यो ।

९१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाली महिला टोलीले ३.४ ओभरमा विना विकेटको क्षतिमा १० रन बनाउदा पानी परेपछि खेल रोकिएको थियो । तर करीव दुई घण्टा लगातार पानी परेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरे । नेपालले अब दोस्रो खेल भोलि हंगकंगसंग खेल्नेछ ।

प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, हंगकंग, युएई र मलेसिया प्रतियोगितामा सहभागी छन्। प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ।

नेपाली महिला क्रिकेट टोलीद्वारा हङकङ छ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK