नेपाल र जापान एसियाली आप्रवासी फुटबल खेलमा भिड्दै

ENGLISH

NRN GLOBAL

नेपाल र जापान एसियाली आप्रवासी फुटबल खेलमा भिड्दै

3 March, 2016 | Sandeep Bhattarai | 510 Views | comments

footballमार्च ३ तारिख विहीवारको साँझ ८.३० बजे एसियाली आप्रवासी फुटबल २०१६ अन्तर्गत नेपालले जापानसंग भिड्ने भएको छ । नेपाली फुटबल टिमका अध्यक्ष सञ्जीव रानाभाटले सो कुरा बुधवार साँझ कतारको क्राउन प्लाजाको सभाहल भित्र आयोजित पत्रकार सम्मेलन तथा सिटी एक्सप्रेस बीच २०१६ को मुख्य प्रायोजकको रुपमा सम्झौता हुँदाको कार्यक्रममा जानकारी गराएका थिए ।

नेपाली फुटबल टिमको स्थापना अघि देखि नै अध्यक्ष रानाभाट लगायत फुटबल प्रेमीहरुले विभिन्न देशसंग खेल्दै आएपछि यसलाई संगठित र सुगठित बनाउन दूतावासमा सूचीकृत भैसकेपछि कतार स्टार लीग, कतार फुटबल एसोसिएसन संग सहकार्य गर्दै विभिन्न देशका खेलाडीहरुसंग आफ्नो खेल कौशलता प्रदर्शन गर्दै आएको छ ।

नेपालीहरु श्रमिक मात्र होइनन्, उनीहरु खेलप्रेमी पनि हुन् भन्ने पहिचान कतारको खेलकुद क्षेत्र लगायत विभिन्न देशका समुदाय अघि आफ्नो परिचय गराईसकेको स्मरण गर्दै यस बर्षको खेलमा गत बर्षको भन्दा धेरै नै मेहनत गरेर खेलाडीहरु चयन गरी सकेको पनि अध्यक्ष रानाभाटले जानकारी गराएका थिए ।

आज साँझ हुने नेपाल तथा जापान वीचको खेल साँझ ८.३० बजे बाट कतारको मेडिकल कमिशन नजिक अल थुमामा अवस्थित टेक्निकल ग्राउण्डमा प्रतिस्पर्धा हुने बताए । बर्ष भरिको लागि मुख्य प्रायोजक रहेको सो खेल नेपाली फुटबल टिम दोहा कतारले कतार फुटबल एसोसिएसन संग सहकार्य गरी सहभागी जनाएको हो ।

राष्ट्रिय स्तरमा खेलेर दख्खल राखेका खेलाडीहरुको पनि सहभागी रहने सो खेलमा दर्शकहरुको मनोबल बढाउन सम्पुर्ण फुटबल खेल प्रेमी नेपाली दाजुभाईहरुलाई अध्यक्ष रानाभाटले उपस्थिती भईदिनको लागि आग्रह गरेका छन् ।

football1

कार्यक्रम सम्बन्धी थप जानकारीको लागि ३३५०८७५३, ५५८५१५४४ मा सम्पर्क गरी थप जानकारी लिन सकिने पनि रानाभाटले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK