नेपाल मगर संघ शाखा कतारको वक्रा एरिया समितीको तेस्रो भेला सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाल मगर संघ शाखा कतारको वक्रा एरिया समितीको तेस्रो भेला सम्पन्न

बिबेक पुलामी मगर, कतार ।

19 May, 2017 | Sandeep Bhattarai | 970 Views | comments

नेपाल मगर संघ शाखा कतारको वक्रा एरिया समिती

नेपाल मगर संघ शाखा कतारको वक्रा एरिया समितीको एरिया भेला मिति ११ मई २०१७का दिन नेपाल मगर संघ शाखा कतार वक्रा एरिया समितीको तेस्रो भेला समितिका सचिव दिपक मगरको अध्यक्षता, नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा संघको केन्द्रिय समितिका का. वा. महासचिव बिबेक पुलामी मगर, केन्द्रिय सदस्य शुक्र ब. पुलामी मगर, दोहा एरिया समितिका सचिव तिल बिक्रम मगरको आतिथ्यमा वक्राको फेमिली पार्कमा वक्रा एरिया समितिका पदाधिकारी र अन्य मगरहरुको वाक्लो उपस्थितिमा सम्पन्न भएको छ ।

वक्रा एरिया समितिको भेलाको औपचारिकता संगै शुरु भएको कार्यक्रममा उपस्थितिहरुलाई स्वागत सदस्य रबि पुलामी मगरले गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य राख्दै वक्रा एरिया समितिवाट अहिले सम्म संघको हरेक कार्यहरुमा अगाढी बढिरहेकोमा पुरानो कार्यसमितिका सदस्यहरुलाई धन्यवाद दिंदै अब बन्ने  नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

त्यसैगरि प्रमुख अतिथि केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले मन्तव्य राख्नु हुँदै सन २००० जुन ३० बाट स्थापना भएको यस नेपाल मगर संघ, शाखा कतारले स्थापना भएको समय देखि हाल सम्म गरेका कार्यहरू र भबिष्यमा गर्ने कार्यहरुको बारेमा अवगत गराउनु भएको थियो । यस वक्रा एरिया समिति सन् २०१३ अप्रिल २६ तारिक देखि गठित यस समितिले शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना पनि दिनुभएको थियो ।

उहाँले संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था र सनैया बि एरिया समिति हरेक क्षेत्रमा अगाढी बढि रहेकोमा संपुर्ण कार्य समितिका पदाधिकारी लाई धन्यवाद दिनु भएको थियो । बन्द शत्रको कार्यक्रममा सचिव दिपक याक्चाई मगरले सांगठिनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम पुलामी मगरले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सामान्य संशोधनका  साथ भेलाले सर्वसहमत बाट पारित गरेको थियो ।

केन्द्रिय समितिका का.वा. महासचिव बिबेक पुलामी मगरको संयोजकत्वमा गठित निर्वाचन समितिले यस भेलावाट श्याम पुलामी मगर (मोरङ)को अध्यक्षतामा ११ सदस्यिय समितिको सदस्यलाई निर्बिरोध निर्वाचित घोषणा गरिएकोे थियो । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष देबिराम पुन मगर (प्युठान), सचिव दिपक मगर (मोरङ), सह सचिवमा हिरा ब. घर्ति मगर(बाग्लुङ), कोषाध्यक्ष रबि पुलामी मगर (पाल्पा) अन्य सदस्यहरुमा अर्जुन मगर (मोरङ), बिर ब. मगर (बाग्लुङ), पृथ ब. बुर्जा मगर(उदयपुर), उत्तर कुमार पिठाकोटे मगर (मोरङ), पुर्ण ब. मगर(मोरङ), जोगमान घर्तिमगर (रोल्पा), सुनिल माकिम मगर(नवलपरासी) निर्बिरोध निर्वाचित हुनुभएको थियो ।

बैकल्पिक सदस्यमा यम ब. चितौरे मगर (नवलपरासी)लाई चयन गरिएको थियो ।नेपाल मगर संघ, शाखाको १२ औं महाधिवेशन जुन ३० २०१७ मा हुन गैरहेकोले संघको मातहतमा रहेको संपुर्ण समिति, कोष आदि सबैको बिधानत भेला, साधारण सभा गराउनु पर्ने प्रावधान रहेको छ । नव निर्वाचित नयां कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिको रहोवरमा प्रमुखअतिथी अध्यक्ष महेन्द्र थापामगरले संस्थागत शपथ ग्रहण गराउनुभएको थियो ।

अन्तमा निर्वाचित समितीका अध्यक्षले मन्तव्य नयाँ निर्वाचित सदस्यहरुमा भविष्यमा वक्रामा रहेका मगरहरु संग हातेमालो गरी समितिलाई अगाढी लैजानुपर्ने र यस कार्यका लागि संपुर्ण पदाधिकारीहरुको साथ र सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो ।

गोरखा सेवा समाज कतारद्वारा २८ लाख अक्षय कोष स्थापना

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK