‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

ENGLISH

TRAVEL

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

18 December, 2018 | Kabiraj Adhikari | 5395 Views | comments

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई पूर्णता दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत कात्तिक १६ गते मन्त्रिस्तरीय निर्णयबाट अभियानको कार्यक्रम कार्यान्वयनको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगपति सुरज वैद्यलाई नियुक्त गरेको थियो ।

पर्यटनमन्त्री अध्यक्ष रहने समितिका उपाध्यक्ष राष्ट्रिय कार्यक्रम संयोजकका रुपमा रहने व्यवस्था गरिएको छ । जम्मा १९ सदस्यीय समितिको सदस्यमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, मन्त्रालयको पर्यटन महाशखाका सहसचिव, अर्थमन्त्रालयका सहसचिव, लुम्बिनी विकास कोषका उपाध्यक्ष र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् ।

यस्तै अन्य सदस्यमा अनिल चित्रकार, सिर्जना राणा, अवधेश त्रिपाठी, विप्लव पौडेल, रञ्जीत आचार्य, नवराज दाहाल, चारु चङ्गा, डा वासुदेव कोइराला, दाबा स्टेफेन शेर्पा, प्रसान्त सिंह, विजयबहादुर श्रेष्ठ, कृष्णहरि खत्री र सदस्यसचिवमा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा रहनुभएको छ ।

उपसमितिले पूर्णता पाएसँगै भ्रमण वर्षका काम अघि बढाइने अभियानका राष्ट्रिय संयोजक वैद्यले बताउनुभयो । सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK