नेपाल–भारतको सुरक्षा प्रमुखबीच बैठक

ENGLISH

नेपाल–भारतको सुरक्षा प्रमुखबीच बैठक

27 May, 2017 | Bhawana Pathak | 560 Views | comments

यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज दुई देशका सुरक्षा प्रमुखबीच छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा बसेको बैठकमा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा नाका ४८ घन्टा सिल गरिने निर्णय भएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीको नेपालगन्जमा बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्ने गरी जमुनाह नाका ४८ घन्टा सिल गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो ।

प्रजिअ पन्थका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि दुई देशका सुरक्षा निकाय मिलेर सक्रिय भूमिका निर्वाह गर्ने, लागुऔषधको ओसारपसार नियन्त्रण गर्ने, संयुक्त सुरक्षा गस्ती गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा मानव बेचबिखनका विरुद्धमा पनि दुवै देशले मिलेर विशेष काम गर्ने निर्णय भएको छ । बैठकमा अवैध भारुको प्रयोग हुन सक्नेतर्फ भारतीय पक्षले कुरा उठाएका थिए भने त्यस विषयमा पनि नेपालले सहयोग गर्ने भनि प्रतिबद्धता गरेको थियो ।

सो बैठकमा नेपालकातर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थसँगै बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काप्mले, भारत बहराइचका डिएम अजयदीप सिंह र श्राबस्ती जिल्लाका डिएम दीपक, मीनालगायत नेपाल–भारतका उच्च सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK