नेपाल फोरमको लागि गगन थापा ,भुषण दाहाल लगायत अन्य एटलांटा जाने

ENGLISH

NRN GLOBAL

नेपाल फोरमको लागि गगन थापा ,भुषण दाहाल लगायत अन्य एटलांटा जाने

12 June, 2016 | Sandeep Bhattarai | 615 Views | comments

आगामी जुलाई १ देखि ४ सम्म अमेरिकाको एटलांटा जर्जियामा हुने नेपाल फोरम नामक कार्यक्रमको लागि गगन थापा ,भुषण दाहाल लगायत अन्य विशिष्ट व्यक्तिहरु वक्ताको रुपमा अमेरिका जाने भएका छन् l

forum

दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को सम्मेलनको दोश्रो दिन शनिबार नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा तथा प्रखर नेता गगन थापा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले सहभागिता जनाउने पक्का भएको छ l यसै गरि संविधानसभाका नेकपा एमालेका सभासद तथा नेकपा एमाले का केन्द्रिय सदस्य रबिन्द्र प्रसाद अधिकारी पनि उक्त कार्यक्रमको लागि वक्ताको रुपमा आउने निश्चित भएको छ l

संचारकर्मीहरुमा कार्यक्रम प्रस्तोता तथा प्रख्यात नेपाली संगीत भिडियो निर्देशक भुषण दाहाल पनि वक्ताको रुपमा आउने जानकारी एएनएका अध्यक्ष रोजर अधिकारीले दिएका छन् lअध्यक्ष अधिकारीले राजनैतिक समीक्षक ,पत्रकार ,व्यवस्थापन विशेषज्ञ ,उद्यमी तथा विश्व बिद्यालयका प्राध्यापक जय निशान्त को साथै कान्तिपुरका संचालक कैलाश सिरोहिया पनि आउने भएको बताए l

नेपाल फोरम कार्यक्रम जुलाई २ मा हुने मिति तय भै सकेको छ भने उक्त नेपाल फोरम कार्यक्रम संचालन स्वयम् अध्यक्ष रोजर अधिकारी तथा डा अनुप श्रीवास्तवले सयुक्त रुपमा गर्ने छन् l

यसपालीको एएनए सम्मेलनको नेपाल फोरम कार्यक्रममा नेपालका राजनीतिज्ञ ,पत्रकार तथा ब्यापारीहरुको प्रतिनिधित्व हुनेछ भने वक्ताहरुले नेपालको स्वरुप तथा विकासका लागि दृष्टि सम्बन्धि प्रकाश पार्ने छन l

अध्यक्ष अधिकारीले यस पालीको नेपाल मंच(फोरम)कार्यक्रममा आर्थिक विकासको लागि केन्द्रित हुने बताए l नेपाल फोरम कार्यक्रम झन्डै दुई दशक देखि एएनएले गर्दै आएको छ भने बिगत ३-४ बर्ष यता उक्त कार्यक्रम संचालन नागिएको भएता पनि आगामी सम्मेलनमा यस्ता महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने भएको छ l

डिसी महानगर क्षेत्रमा स्थापित ईनेप्लिजले नेपाल फोरमको भिडियो ,समाचार ,प्रचार प्रसार तथा प्रसारण समेतमा प्रत्यक्ष सहभागिता तथा सहयोग पुर्याउने भएको छ l

यो पनि हेर्नुस – अमेरिकाबाट नेपालमा दमकल तथा एम्बुलेन्स पठाइने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK