नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला सफल बनाउन विशिष्ट व्यक्तिहरुसंगको भेटघाट तिब्र

ENGLISH

NRN GLOBAL

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला सफल बनाउन विशिष्ट व्यक्तिहरुसंगको भेटघाट तिब्र

14 July, 2016 | Sandeep Bhattarai | 1520 Views | comments

बिजय थापा, वाशिंगटन डिसी । आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म न्युयोर्कमा हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई ऐतिहासिक सफल बनाउन आयोजकहरुले अमेरिकन संसद ,सिनेटर ,नगर प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरु संगको भेटघाटलाई तिब्र बनाएका छन् ।

nepal-pradarsani

आयोजकहरु अमेरिकाको विभिन्न राज्यहरु गइ भेटघाट गर्ने र नेपाल प्रदर्शनीको उद्देश्य बारेमा प्रकाश पारेका छन् । भेटघाट पश्चात सबैले सक्दो सहयोग गर्न बचन बद्धता दिनु को साथै शुभकामना व्यक्त गर्दै सफलताको लागि कामना गरेका छन् ।

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले पछिल्लो जानकारी दिदै अहिले सम्म करिब ३ सय २३ उद्योग तथा ब्यबसायीले दर्ता गरि सकेको बताएका छन् ।

बासको व्यवस्थाको लागि म्यान ह्याटनको वर्ल्ड होटल .लंग आईल्याण्डको रेड रुफ इन, अन्य ७५ वटा प्रतिष्ठानहरुको लागि व्यवस्था गरिएको छ भने थप २ सय भन्दा ज्यादा कोठाहरुको लागि न्यूजर्सी क्षेत्र र क़ुइन्स क्षेत्रमा पाहुना घरको लागि आरक्षण गर्ने क्रम जारी रहेको छ ।

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सफलताको लागि म्यान ह्याटन च्याम्बर अफ कमर्स ,क़ुइन्स च्याम्बर अफ कमर्श ,हो बोकेन च्याम्बर अफ कमर्स ,न्यू जर्सी च्याम्बर अफ कमर्श लगायत अन्य ब्यापारिक संस्थाहरुसंग सहकार्य गर्ने बिषयमा बार्तालाप भैरहेको छ ।

am-20

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई अझ व्यापक बनाउन आयोजकले अमेरिकामा अंग्रेजीमा समाचार प्रचार प्रसारको लागि न्युज वायर डटकम संग सहकार्य गरेको छ l झन्डै अमेरिका भरका झन्डै ८ सय अंग्रेजी संस्करण भएका पत्र पत्रिकामा पुर्याउने जिम्मेबारी लिएको जानकारी नेपाल मेलाका अध्यक्ष रेग्मीले दिएका छन् ।

यो पनि हेर्नुस – न्युयोर्कका नगर प्रमुखले नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई शुभकामना

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK