नेपाल पत्रकार महासंघ युएईद्वारा नेपाली संघ–संस्थाहरूबीच अन्तरक्रिया सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाल पत्रकार महासंघ युएईद्वारा नेपाली संघ–संस्थाहरूबीच अन्तरक्रिया सम्पन्न

दामोदर दाहाल,युएई

23 July, 2017 | Sandeep Bhattarai | 660 Views | comments

नेपाल पत्रकार महासंघ युएई

नेपाल पत्रकार महासंघ युएईले शनिबार युएईमा क्रियाशील रहेका सबै संघसस्था प्रमुख तथा प्रतिनिधि बीच “युएईमा नेपाली संघ सस्थाहरूको भूमिका र सहकार्य” बिसयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समयमा युएई सरकारले बिना दर्ता कुनै पनि सामाजिक संघ–सस्था संचालन गर्न नपाईने न्युज मार्फत बजारमा चर्चा रहेको र आगामी दिनहरुमा यहाँ रहेका क्रियाशील ८०-१०० को हाराहारीमा रहेका संघसंस्थाले के कसरी सामाजिक कार्यकम एकजुट भएर गर्न सकिन्छ अथवा भै-परी आउने समस्याहरुको निराकरणका लागी के कस्ता पहल गर्न सकिन्छ भन्ने बिसयमै केन्द्रित रहेर उक्त कार्यकम आयोजन गरिएको थियो।

पहिलो चरणमा मुख्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई ३ -३ मिनेट बिषयमा केन्द्रित हुदै आफ्नो धाराणा राख्न दिइएको थियो भने अतिथिहरुले यहाका नेपालीहरु बीच रहेका समस्या र त्यसको समाधानमा बडी जोड दिदै आफ्नो-आफ्नो संस्थाको तर्फबाट जिज्ञासा, प्रस्न तथा सुझाब राखेका थिए।

अन्तरक्रियाको क्रममा केहि संस्था प्रमुखहरुले युएईमा पत्रकारहरुले खेलेका सकारात्मक तथा नकारात्मक भूमिकाहरुको टिप्पणी गरेका थिए कसैको सोसियल पेजको वालबाट समाचार लिएर बनाउने भन्दा पनि वास्तविक घटनाको आधारमा समाचार सम्प्रेसण गर्न पत्रकारहरुलाई विशेष आग्रह गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको दोस्रो चरणको खुल्ला छलफलको प्रश्नोतरमा बोल्दै अधिकांश व्यक्तिहरुले समाजसेवाको लागि खोलिएका संघ संस्थाका प्रतिनिधिहरुले अबैधानिक कार्यहरु जस्तै हुण्डी, भिजिट भिषाको कारोवार र मानब तस्करीमा संलग्न हुने कार्यहरु गर्ने गरेको र त्यस्ता व्यक्तिहरुलाई पहिचान गरि समाजको नेतृत्वमा राख्न नहुने र सामाजिक रुपमै वहिस्कार गर्नुपर्ने धारणा राखेका थिए ।

युएईमा रहेका आम नेपालीका समस्यालाई सबै संघसंस्थाले एकिबद्दता गर्दै सहयोग गर्नु पर्ने तथा सोसियल पेजमा व्यक्ति- ब्यक्ति संग भन्दा पनि सस्थागत रुपमा सहयोग गर्नु पर्नेमा जोड दिएका छन र त्यस्ता सहयोगको लागी सबै संघ सस्था दर्ता गर्न पनि आबस्यक नरहेको उपस्थित रहका केहि बक्ताहरुले धारणा राखेका थिए।

पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालले उठेका प्रस्नहरुको जबाफ दिने क्रममा पत्रकार महासंघ युएईको आजको अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य “युएईमा रहेका सबै नेपाली संघसंस्थाहरुको सहकार्य अझ बलियो बनाउन र एकाताबद्ध भएर आगामी दिनमा अगाडी लैजान पहल गर्न खोजेको भन्दै युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाहरुले आगामी दिनमा सहकार्य र सबै संघ-संस्थासंग भातृत्वको भाबना राख्दै समाजिक सद्भावलाई सन्तुलित राख्नु पर्नेमा जोड दिदै पत्रकारहरुले निष्पक्ष नै रहेर कलम चलाउने र सामाजिक सद्भाब अझ बढाउने बताए।

नेपाली समाज युएईको १३ औं अधिवेशन स्थगित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK