नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा पोखरेल विजयी

ENGLISH

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा पोखरेल विजयी

19 February, 2017 | Krishna Adhikari | 815 Views | comments

dsc_0055-696x827नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल विजयी भएका छन् । उनी प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलबाट विजयी भएका हुन् ।

उनले प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका अन्नतराज न्योपानेलाई १८ मतको अन्तरले पराजित गरेका हुन् ।

त्सैगरी उपाध्यक्षमा प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका कुमोद अधिकारले प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका नवराज कट्टेललाई ३ मतको अन्तरले पराजित गरेका छन् ।

सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका अर्जुन आचार्यले प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका सुभाष कार्कीलाई २३ मत अन्तरले पराजित गरेका छन् ।

खुल्ला सह–सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरका संयुक्त प्यानलका सन्तोष राई ८९ मत ल्याइ विजयी भएका छन् । त्यैसैगरी समावेशी सह–सचिवमा सत्यनारायण शर्माले १ सय २ मत ल्याइ विजयी भएका छन् ।

कोषाध्यक्षमा प्रेस चौतारी र प्रेस सेन्टरका संयुक्त प्यानलका सन्तोष सिग्देलले १ सय २ मत ल्याइ विजयी भएका छन् ।१ सय ८३ मतदातामा १ सय ७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा ५९ जनाकालागि दुई प्यानलबाट १ सय ५ जनाको उम्मेदवारी दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK