नेपाल पत्रकार महासंघ कतारद्वारा दोहामा ६० औं स्थापना दिवस मनाइयो

ENGLISH

NRN GLOBAL

नेपाल पत्रकार महासंघ कतारद्वारा दोहामा ६० औं स्थापना दिवस मनाइयो

31 December, 2016 | Bipin Acharya | 1230 Views | comments

दिल बहादुर रानाभाट , दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाले दोहाको टप र्फम रेष्टुरेन्टमा विहिबारका दिन एक कार्यक्रम विच नेपाल पत्रकार महासंघको ६० औं स्थापना दिवस मनाएको छ ।

qatar

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय गान गाएर उद्घाटन गरियो । कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासंघ कतारशाखाका प्रमुख सल्लाहकार रवि रोषीले समाचार लेख्ने क्रममा हुने गल्तीले धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै पत्रकारहरुले सत्य तथ्य नलुकाई कलम चलाउनुपर्ने बताए ।

उनले पत्रकार महासघंको स्थापना दिवसको शुभकामना दिएका थिए । विषेश अतिथी महासंघका सल्लाहकार तथा कान्तिपुर गल्फ साप्ताहिकका होम कार्कीले प्रवासको बस्तुस्थितीलाई मध्यनजर गर्दै यहाँ परिवेश अनुरुप पत्रकारीताको धर्म निभाउनु पर्ने बताए । उनले कतारबाट प्रकाशित हुने छापा पत्रिकाहरुमा कतारका क्रियाशिल पत्रकारहरुबाट सहयोग मिलिरहेको भन्दै आभार प्रकट गरे । उनले आफुले लेखिएको समाचार वा लेखको बारेका स्वयं आफु नै जिम्मेवार हुन जरुरी छ । सत्यता र बस्तुनिष्ट समाचार हुनु आजको आवश्यकता हो भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथी निर्वतमान सदस्य चिरन्जिवी तिमिल्सिनाले प्रवासमा पत्रकार महासंघको ६० औं स्थापना दिवस मनाउन पाउदा खुसी व्यक्त गरे । उनले हामी लेख्न सबै जान्दछौ तर पत्रकारीतालाई कसरी स्वतन्त्र बनाउने भन्ने विषयलाई गहन रुपमा लिनुपर्छ भन्दै स्थापना दिवसको अवसरमा शुभकामना दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघका उपाध्यक्ष दिपक पुडासैनीले स्वच्छ र स्वतन्त्रत पत्रकारीतालाई जोड दिनु पर्ने भन्दै संस्थाको मुल्य र मान्यतालाई कायम राख्नुपर्ने बताए । उनले उपस्थित सम्पुर्ण पत्रकारहरुलाई कार्यक्रममा स्वागत गरेका थिए । कार्यक्रमलाई महासंघका सचिव मोहम्मद अजिज अलीले संचालन गरेका हुन भने पार्षदको तर्फबाट भानु सुनुवारले शुभकामना दिएका थिए ।

कार्यक्रमको समापन गर्दै सभापती बन्जाडेले महासंघलाई स्थापना गर्ने अग्रज व्यक्तिहरुको स्मरण गर्दै सबै बस्तुस्थितीलाई बुझेर प्रवासमा कलम चलाउनुपर्ने बताए । सत्य , तथ्य समाचारलाई सदैव अगाल्न आग्रह गर्दै पत्रकार महासंघ कतार शाखा सदैव पत्रकारहरुको हक हित र साथमा रहेको बताउदै कार्यक्रममा उपस्थित सम्पुर्ण धन्यवाद व्यक्त गरेका थिए । उनले महासंघको ६० औं स्थापना दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पुर्ण आमसन्चार कर्मीहरुलाई शुभकामना दिएका थिए ।

रात्री भोज सहित सम्पन्न कार्यक्रममा कतारमा क्रियाशिल पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले हरेक बर्ष आफ्नो स्थापना दिवस मनाउदै आईरहेको छ । नेपालमा स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरिएको थियो ।

नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवस मनाउदै गत चैत १६ गतेका दिन काठमाडौको भृकुटीमण्डपबाट शान्तिबाटिका सम्म प्रभातफेरी र प्रज्ञा भवन कमलादीमा बृहत जलपान कार्यक्रम गरेको थियो साथै जिल्लामा स्थापित महासंघका शाखाहरुले विविध कार्यक्रम गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK