नेपाल डिभिजन-२ मा झर्यो : नेपाल र हङकङबीचको दोस्रो खेल रद्ध

ENGLISH

SPORTS

नेपाल डिभिजन-२ मा झर्यो : नेपाल र हङकङबीचको दोस्रो खेल रद्ध

16 October, 2017 | Sandeep Bhattarai | 4295 Views | comments

नेपाल

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीचको छैटौँ चरणको दोस्रो खेल रद्ध भएसंगै नेपाल डिभिजन -२ मा घटुवा भएको छ ।

हिजो आइतबार हुने भनिएको खेल हङकङमा आएको सामुन्द्रिक आँधी कारण आजलाई सारिएको थियो । तर बिहानीपख घाम लागे पनि फेरी वर्ष भएपछि यी दुईबीचको दोस्रो खेल रद्ध भएको म्याच रेफ्रिले बताएका छन् ।

खेल रद्ध भएसंगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । आजको खेल रद्ध भएसंगै नेपालको शिर्ष चारमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना र एकदिवसीय मान्यता पाउने सम्भावना सकिएको छ ।

तर, नेपालको डिभिजन–२ मार्फत विश्वकप छनोट खेल्ने सम्भावना भने बाँकी नै छ। नेपाल दुई वर्षपछि डिभिजन–२ मा झरेको हो। नामिबियामा नेपालले सन् २०१५ मा डिभिजन–२ क्रिकेट खेलेको थियो। सो प्रतियोगितामा नेपाल तेस्रो भएको थियो।

सन्फे २०१८ को फेब्रुअरीमा हुने डिभिजन–२ पनि नामिबियामै हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। सो प्रतियोगिताबाट शीर्ष २ टिम विश्वकप छनोटका लागि छानिनेछन्। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने टुंगो लागिसकेको छ भने शीर्ष चार भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछन् ।

नामिबियामा डिभिजन–२ सकिएको एक महिनापछि जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता हुनेछ। १० टिमबीच हुने छनोट प्रतियोगिताबाट २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छानिनेछन्। छनोट प्रतियोगितामा टेस्ट मान्यता प्राप्त आयोजक जिम्बावेसहित वेस्ट इन्डिज, अफगानिस्तान र आयरल्यान्डले पनि खेल्ने छन्।

आजको खेल रद्ध भएसंगै नेपाललाई पहिलो खेलमा पराजित गरेको हङकङ १४ अंकसंगै चौथो स्थानमा रहेको छ भने नेपाल ९ अंक सहित तालिकाको छैठौ स्थानमा रहेको छ । १२ खेलको समाप्तिसंगै तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् भने तेस्रोमा स्कटल्याण्ड र चौथोमा हङकङ रहेको छ । त्यस्तै केन्या पाचौं स्थानमा रहँदा नेपाल, नामिबिया र युएई क्रमश छैठौं, सातौं र आठौँ स्थानमा रहेका छन् । नेपालसहित नामिबिया र युएई भने डिभिजन -२ मा घटुवा भएका छन् ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङद्वारा नेपाल ८३ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK