नेपाल टेलिकमका कार्यकारी निर्देशकमा राजभण्डारी

ENGLISH

POLITICS

नेपाल टेलिकमका कार्यकारी निर्देशकमा राजभण्डारी

23 September, 2016 | Krishna Adhikari | 1155 Views | comments

मन्त्रिपरिषद्को विहिबारको बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को कृषि केन्द्र ढाकामा वरिष्ठ कृषि अर्थ विशेषज्ञ डा प्रद्युम्नकुमार पाण्डेलाई काजमा पठाउने निर्णय गरेको छ ।

कामिनी राजभण्डारी

बैठकले विश्व बैंकको खासगरी दक्षिणपूर्वी शाखामा काम गर्नका लागि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव दीननाथ उपाध्यायलाई कार्यकारी निर्देशकको सल्लाहकारका रुपमा पठाउने पनि निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले पत्रकारलाई जानकारी दिनुभयो ।

सरकारले आगामी दुई वर्षभित्र मुक्तहलिया पुनःस्थापनाको काम सक्ने अठोट गरेको छ । साथै विशेष धाविका भोजपुरकी मीरा राईलाई सरकारका तर्फबाट उपचारका लागि रु पाँच लाख दिने निर्णय भएको छ ।

त्यसैगरी बिहीबारको बैठकले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्नाका साथै हुलाकका न्यून तलबमा काम गर्ने कर्मचारीको तलब गत साउन १ गतेदेखि लागू हुने गरी २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो । बैठकले उच्च अदालत स्थानमा रहने सात प्रदेशमै उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकद्वय लक्ष्मण गुरुङ र रामबहादुर कार्कीलाई अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गर्नाका साथै गृह मन्त्रालय अन्तर्गतको केही सरुवा र पदस्थापना समेत गरिएको छ । सो अनुसार सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभागका अतिरिक्त महाननिरीक्षक कृष्णकुमार तामाङलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ भने मानव स्रोत विकास विभागका सिंहबहादुर श्रेष्ठलाई प्रधान कार्यालय प्रशासन विभागमा पठाइएको छ । त्यस्तै सशस्त्र प्रहरी बल प्रधान कार्यालय सीमा सुरक्षा विभागका पे्रमकुमार शाहीलाई प्रधान कार्यालय कार्य विभागमा र प्रशिक्षण प्रतिष्ठानका प्रकाश ओझालाई सीमा सुरक्षा विभागमा लगिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाललाई बलको मानवस्रोत विकास कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ भने सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विकास कार्यालयका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जितबहादुर पुनःलाई महानगरीय सशस्त्र प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरिएको मन्त्री कार्कीले जानकारी दिनुभयो । बैठकले मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको खर्च विभिन्न अस्पतालको बिलका आधारमा रु एक करोड ४० लाख दिने निर्णय गरेको छ ।

व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन सुरु, पाँच मिनेटमा बैठक समाप्त

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK