नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन हुने

ENGLISH

नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन हुने

24 September, 2016 | arjun baral | 805 Views | comments

nepal-korea-flagनेपाली लेखक सङ्घ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ ।
शुक्रबार सङ्घका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापत्रमा उल्लेख गरिएअनुसार आगामी माघ फागुनतिर काठमाडौँमा द्विदेशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलन आयोजना गरिने छ ।

सम्मेलनमा कोरियाबाट सांसद्, प्राज्ञ, कवि, लेखक, चित्रकार, संस्कृतिविद्, व्यवसायी गरी करिब दुई सय जना सहभागी हुने साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो ।

तीनदिने सो सम्मेलनमा नेपाली तथा कोरियाली साहित्य, संस्कृति, दर्शन, इतिहास, कला तथा पर्यटनबारे दश कार्यपत्र प्रस्तुत गरिने तथा नेपाल र कोरियाका चुनिएका विशिष्ट कविले कविता प्रस्तुत गर्नुहुनेछ । सङ्घका अध्यक्ष मुकारुङका अनुसार सम्मेलनमा दुवै देशका सय चित्रकारका कलाकृति प्रदर्शन गरिनाका साथै लोकसंस्कृतिको प्रस्तुति रहनेछ ।

सो अवसरमा नेपाल र कोरियाका चुनिएका साठी कविका एक सय बीस कविता, सात सात कथा तथा पाँच पाँच उपन्यासको अनुवाद पनि प्रकाशन गरिने छ । सङ्कलनमा नेपालतर्फका बिपी कोइराला, पारिजातदेखि अहिलेको पुस्ताका प्रतिनिधि स्रष्टासम्मलाई समेटिने छ । सम्झौतानुसार आगामी असार साउनतिर सो सम्मेलनको दोस्रो संस्करण कोरियामा आयोजना गरिने छ ।


नेपाल–कोरिया श्रम सम्झाता नवीकरण


 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK