कोरियामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ENGLISH

NRN GLOBAL

कोरियामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

21 June, 2016 | Sandeep Bhattarai | 1070 Views | comments

नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सफल पूर्वक सम्पन्न भएको छ । दक्षिण कोरियामा रहेका ब्याडमिन्टन प्रेमी खेलाडीहरुको रुचिलाई ध्यानमा राखी नेपाल कोरिया न्युज डट कमले २०१४ देखि प्रत्येक वर्ष लगातार रुपमा यो प्रतियोगिता खेलाउंदै आईरहेको छ ।

badmintion

दक्षिण कोरियाको राजधानी सउल स्थित जुङगु स्पोर्टस् सेन्टरको कबर्ड हल भित्र खेलाइएको प्रतियोगितामा यस पटक मेन्स सिंगल तर्फ कुल १४ जनाको सहभागिता रह्यो भने मेन्स डबल तर्फ पनि १४ वटा टीमहरुको सहभागिता रहेको थियो । पहिलो र दोस्रो प्रतियोगितामा नक आउटको आधारमा खेलाईएको भएता पनि यस पटकको प्रतियोगितालाई अझ आकर्षक बनाउन लिग अन्तर्गत खेलाईएको थियो ।

नेपाल कोरिया न्युज डट कमका संचालक पुरु जोशीको नेतृत्वमा खेलाईएको सो प्रतियोगितामा मेन्स सिंगल तर्फ निक्कै प्रतिष्पर्धात्मक रुपमा पोखरा कास्कीका रुप गुरुङले प्रथम उपाधी चुम्न सफल भए भने पाँचथरका नरेन्द्र नेम्वाङले दोस्रो स्थानमा चित्त बुझाएका थिए । प्रथम उपाधी हात पार्दै पोखरा कास्कीका रुप गुरुङले नगद ३ लाखका साथ ट्रफी र प्रमाण पत्र हासिल गरे भने दोस्रो हुनु भएका नरेन्द्र नेम्वाङले नगद १ लाख वनका साथ प्रमाण पत्र हासिल गरेका थिए ।

यसैगरि मेन्स डबल तर्फको निक्कै प्रतिष्पर्धात्मक खेल दर्शन नमस्ते टीम र ईन्छन् डी बीच भएको थियो । दर्शन नमस्ते टीमको तर्फबाट बिपिन गुरुङ र रुप गुरुले सहभागिता जनाएका थिए भने ईन्छन डी को तर्फबाट तेज बहादुर आले र नरेन्द्र नेम्वाङले सहभागीता जनाएका थिए । दुबै टीमले एक एक सेट जितेपछि तेस्रो निर्णायक सेटमा दर्शन नमस्ते टीमले प्रथम उपाधी हासिल गर्न सफल भयो भने ईन्छन् डीले दोस्रो उपाधी मै चित्त बुझाउनु परेको थियो । प्रथम उपाधी हासिल गर्दै दर्शन नमस्ते टीमले नगद ५ लाख वनका साथ ट्रफी र प्रमाण पत्र हासिल गरे भने दोस्रो भएका ईन्छन् डी टीमले नगद २ लाख वनका साथ प्रमाण पत्र हासिल गरेका थिए ।

सम्पूर्ण बिजेता टोलीहरुलाई नेपाल कोरिया न्युजका संचालक पुरु जोशीले ट्रफी नगद र प्रमाण पत्र हस्तान्तरण गर्दै यस पटक जित हासिल गर्न नसकेका खेलाडीहरुले अर्को बर्षमा प्रयास गर्न अनुरोध गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK