नेपाल ओमनसँग पराजित

ENGLISH

SPORTS

नेपाल ओमनसँग पराजित

9 November, 2017 | Sandeep Bhattarai | 1305 Views | comments

एएफसी यु–१९ च्याम्पियनसिप छनोट

एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत बुधबार भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहोर्यो। चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन ।

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग १–० ले गोलअन्तरको हार ब्यहोर्न पुगेको थियो ।

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

एएफसी यु १९ छनोट : नेपालको लगातार दोस्रो हार, बहराइन ४-० ले बिजयी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK