नेपाल एएफसी यु -१९ को छनोट चरणबाटै बाहिरियो : युएईसंग १-० ले पराजित

ENGLISH

SPORTS

नेपाल एएफसी यु -१९ को छनोट चरणबाटै बाहिरियो : युएईसंग १-० ले पराजित

5 November, 2017 | Sandeep Bhattarai | 1455 Views | comments

एएफसी यु–१९ च्याम्पियनसिप छनोट

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट अन्तर्गतको तेस्रो खेलमा पनि नेपाली युवा टोली पराजित भएको छ । शनिबार भएको खेलमा युएईसंग १-० ले पराजित भएसंगै नेपाल एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोट चरणबाटै बाहिरिएको छ ।

शनिबार भएको खेलमा युएईका अल्फान अल्सान आमादीले ७२ औं मिनेटमा गरेको गोल गरेका थिए । यस गोल नै नेपालको लागि छनोट चरणबाट बाहिर पठाउन पर्याप्त रह्यो । पूरै समय नेपाल दवावमा खेलेको थियो ।

यद्यपि खेलमा केहि गोल गर्ने अवसर खेर पाल्द नेपाल पराजित भयो । खेलको ९० औं मिनेटमा प्राप्त पेनाल्टीलाई पनि सदुपयोग गरेन ।अभिषेक श्रेष्ठको प्रहार युएईका गोलरक्षकले रोकेपछि नेपालले खेल बराबरी गर्ने मौका पनि खेर फल्यो ।

पहिलो खेलमा कीर्गिस्तान १-० ले पराजित भएको नेपाल दोस्रो खेलमा बहराइनसँग ४-० को भारी अन्तरले पराजित भएको थियो ।छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र बहराइन छन् । अब नेपालले आफ्नो चौथो तथा छनोट चरणको अन्तिम खेल कात्तिक २२ गते ओमानसँग खेल्नेछ ।

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

यु–१९ च्याम्पियनसिप छनोट : युएईविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दवाव

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK