नेपाल आईडलमा निर्णयकहरु प्रति सामाजिक संजाल भरी विरोध

ENGLISH

ENTERTAINMENT

नेपाल आईडलमा निर्णयकहरु प्रति सामाजिक संजाल भरी विरोध

9 May, 2017 | Bhawana Pathak | 800 Views | comments

नेपाल आईडल अडिसन राउण्डको भिडियो यु ट्युबबाट बाहिर आएपछि सामाजिक संजाल फेसबुकमा निर्णायकहरु प्रति असुन्तुष्टि र विरोधहरु बढिरहेका छन् । सन् २००२ जुन महिनाको ११ देखि अमेरीकामा सरुवात भएको अमेरीकन आईडल २००४ मा भारतमा आएर ईण्डियन आईडलको रुपमा संचालन भएको थियो । इन्डियामा भएको पहिलो आईडल अभिजित सावन्त हुन् भने तेस्रो आईडल नेपाली मुलका गायक प्रशान्त तामाङ्ग हुन् । अन्नपुर्ण टेलिभिजनले नेपालमा नेपाल आईडलको रुपमा अहिले कार्यक्रम गर्दै आईरहेको छ ।

नेपाल आईडलको पहिलो अडिसन राउण्डको भिडियो यु ट्युबबाट बाहिर आएपछि केहि राम्रो सम्भावना भएका कालाकारहरुलाई निर्णयकहरुले आउट गरेको भन्ने सामाजिक संजाल फेसबुकमा आरोप लागेको छ । संगीत सम्बन्धी ज्ञान नै नहुने सर्वसाधरणहरुले पनि सजिलै भन्छन्, कलाकारहरुको सुरुवातमा हेर्नुपर्ने गायकी हो । गायकी राम्रो छ भने, सुर-ताल, स्केल भन्ने त मिलाउदै जाने हो । तर नेपाल आईडलका निर्णयकहरु न्हु बज्राचार्य, कालीप्रसाद बास्कोटा र ईन्दिरा जोशीले मनोमानी ढंगले कलाकारहरुको छनौट गरेको आरोप सामाजिक संजाल फेसबुकमा छ । स्वयं निर्णयकहरु पनि स्टेजमा लाईभ गाउदा टाईमिङ्ग र स्केल धेरै बिगारीरहेका हुन्छन् ।

न्हु बज्राचार्य नेपाली गीत-संगीत क्षेत्रमा सन् १९९४ देखि हाल सम्म सक्रिय छन् । उनले संगीत गरेका केही गीतहरु राम्रा पनि छन् । तर नेपाल आइडलमा उनको भूमिकालाई लिएर गीत-संगीतमा स्रोताहरु केही रुष्ट बनेका छन् ।

नेपाल आईडलका अर्का निर्णायक हुन् कालीप्रसाद बास्कोटा । कालीप्रसाद बास्कोटाले पछिल्लो समयमा फ्युजन गरेका केही गीतहरुले राम्रै चर्चा पाएका थिए । दुई चार दिन मारामार चल्ने अनि ५ दिनपछि स्वाट्टै हराउने प्रकारका गीतहरु जस्तै :-ठमेल बजार, निर जहिले रिसाउने अनि साईली बोलको गीतहरुले दुई चार दिन राम्रै चर्चा पाएका थिए । तर यस प्रकारका गीतहरु सदाबहार हुदैनन् । कालीप्रसाद बास्कोटाले स्टेजमा बोलेका रुखो बोलीको पनि सामाजिक संजालमा विरोध गरिएको छ ।

निर्णयकमा रहेकी अर्को सदस्य हुन् ईन्दिरा जोशी । ईन्दिरा जोशीको उध्रेको चोली जस्ता केही गीतहरु चर्चामा रहेका थिए । नेपाल आईडलको निर्णयक समितिका सदस्यहरुका केही गीतहरु चर्चामा आएको भएपनि नेपाल आईडलको अडिसनमा उनीहरुको निर्णय विवादरहित भने छैन । निर्णयकहरु आफै घमण्डी र पक्षपाति देखिएका छन् तर तर स्वयं निर्णयकहरु नै प्रतियोगीतामा प्रतिस्पर्धा गर्न आए स्वयं आफै पनि राम्रो गाउन नसक्ने सबैलाई ऐना जस्तै छर्लंग छ ।

साझापेज बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK