नेपाल आइडलमा नयाँ-पुराना गायक गायिका प्रतिष्पर्धा गर्दै

ENGLISH

ENTERTAINMENT

नेपाल आइडलमा नयाँ-पुराना गायक गायिका प्रतिष्पर्धा गर्दै

23 May, 2017 | Bhawana Pathak | 590 Views | comments

नेपाल आइडलको चर्चा पछिल्लो समयमा विविध कारणले भइरहेको पाइन्छ । विशेष गरी निर्णायकहरुको निर्णय क्षमताको विषयलाई लिएर निकै विवाद र चर्चामा आएको यस शो लाई चर्चित गायक गायिकाहरुको सहभागिताले पनि चर्चा थपिदिएको छ ।

शो मा पुराना अनि चर्चामा आएका नयाँ गायक -गायिकाहरुले भाग लिएका छन् । दर्जनौँ गीत सार्वजनिक गरिसकेका कलाकारहरुको सहभागिताले धेरै मानिसहरु छक्क परेका छन् । गायिका अनामिका मल्ल, गायक सागर संसार राई, किरण भुजेल, प्रताप लामा, प्रताप दास लगायतले नेपाल आईडलमा सहभागिता जनाएका छन् । तर यी मध्ये केही छानिए भने केही फालिए ।

अनामिका मल्ल
अनामिका मल्ल नाम तपाईको लागि नयाँ हुनसक्छ तर उनको आवाज नेपाली संगीत क्षेत्रको लागि भने नयाँ होईन । उनले ‘कि फर्कि आउ कि विर्षेर जाउ, अलमलमा नपार’ जस्ता गीतहरु नेपाली संगीतलाई दिईसकेकी छिन् । सुमधुर आवाजकी धनी अनामिकाले डम्बर नेपालीको आवाज रहेको ‘अन्तीम पल्ट भेट्न आउ’ बोलको गीतमा ‘फेरि किन अन्तीम पल्ट भेट्न बोलायौ’ बोलको गीत जवाफ स्वरुप गाएकी थिईन ।

यस गीतलाई अनामिकाले आफ्नो पहिलो एल्ब ‘काब्य’मा समावेश गरेकी थिईन् । अनामिका व्यावसायिक गायिकाको रुपमा अगाडि नबढेपनि एक गायिकाको रुपमा भने स्थापित भईसकेकी छिन् । तिनै अनामिकाले नेपाल आइडलमा सहभागिता जनाएर सबैलाई छक्क पारिन् । नेपाल आईडलको स्टेजमा पुगेर गीत गाउँदा उनलाई जजहरुले भने चिनेनन् यो कुरा निकै चाखलाग्दो बनेर आयो ।

अनामिकाले पनि आफ्नो परिचय नखुलाई गीत गाईन् । अडिसनमा उनले ‘हाम्रो प्रेम यदि छुट्यो भने, यो मन कुनै दिन टुट्यो भने’ बोलको गीत गाईन् । निर्णायक मण्डलले उनको प्रतिभाको सम्मान गर्दै नेपाल आईडलको अन्य राउण्डका लागि छनौट गरेको छ ।

प्रताप लामा
नेपाली तारा बनिसकेका प्रताप लामाले पनि नेपाल आईडलमा सहभागिता जनाए । वि.स २०७१ सालको नेपाली सांगीतिक रियालिटी शो ‘नेपाली तारा— ३’ को उपाधि प्रतापले जितेका थिए । नेपाली ताराको उपाधी जिते पछि लगातार संगीतमै सक्रिय हुँदै आएका प्रतापले नेपाल आईडल गायक-गायिकाको लागि निकै ठूलो प्ल्याटफम भएको भन्दै सहभागिता जनाए । नेपाल आईडलको अडिसनमा उनले ‘देशले रगत मागे’ बोलको गीत गाएका थिए । प्रतापको गायन कलाले प्रभावित भएका जजहरुले उनलाई छनौट पनि गरे ।

प्रताप दास
नेपाल आइडलमा गायक प्रताप दासले पनि आफ्नो प्रतिभा देखाउने मौका पाए । ‘प्रेम गीत २’ मा समावेश ‘मोटरसाईकल’मा बोलको गीतमा आवाज दिईसकेका प्रताप ‘नेपाली तारा १’मा उत्कृष्ठ १० मा पुगेका थिए । रोचक कुरा त अझ के छ भने, प्रताप दास र नेपाल आईडलकी जज इन्दिरा जोशीले सँगै गीत पनि गाईसकेका छन् ।

सिनेमा ‘प्रेमगीत—२’ समावेश ‘मोटरसाईकल’मा प्रताप र ईन्दिराको आवाज छ । नेपाल आईडलको अडिसनपछि ईन्दिरा र प्रतापले सँगै गीत गाएका हुन् । नेपाल आईडलमा ईन्दिराले प्रतापको आवाजको खुबै खुलेर तारिफ गरेकी छिन् । ‘प्रेमगीत २’ का निर्माता सन्तोष सेनले नयाँ प्रतिभालाई सम्मान गर्दै आफ्नो सिनेमामा काम गराएको र उनीहरुले नेपाल आइडल जस्तो खुल्ला प्रतियोगितामा प्रतिस्पर्धा गर्दा खुशी लागेको बताएका छन् ।

सागर संसार राई
सागर संसार राई झण्डै ६ वर्ष भयो संगीत क्षेत्रमा लागेको । उनले अहिले सम्म ६० भन्दा धेरै नेपाली गीतमा आवाज दिएका छन् भने तेस्रो एल्बमको तयारीमा जुटेका छन् । सागरलाई संगीत क्षेत्रमा सिनेमा ‘प्रेम गीत’ले निकै ठूलो सहयोग गर्यो । यस सिनेमाको कभर सङ प्रतियोगिताका बिजेता हुन् सागर । नेपाली संगीत क्षेत्रमा संघर्ष गर्दे गरेका सागर पनि नेपाल आईडलमा आफ्नो प्रतिभा प्रस्तुत गर्न पुगे तर उनलाई निर्णायक मण्डलले केही कमी कमजोरीहरु देखाउँदै अडिसनमा फेल गरायो । ‘प्रेम गीत’को कभरसङगमा हजारौँ सहभागीलाई पछि पार्दै विजेता बनेका सागर नेपाल आइडल जस्तो शो बाट बाहिरिनु पर्दा केही दुखी छन् । सागरले ‘प्रेम गीत २’ को एक गीतमा आवाज दिएका छन् ।

किरण भुजेल
किरण भुजेलले अहिले सम्म दर्जन भन्दा धेरै नेपाली गीतहरुमा आवाज दिईसकेका छन् भने आफ्नै एल्बम पनि ल्याईसकेका छन् । संगीत क्षेत्रमा आफ्नो भविष्य देखेर गायनमा लागेका किरणले नेपाल आइडलमा पनि आफ्नो प्रतिभा देखाए । उनले नेपाल आईडलको काठमाण्डौ अडिसनमा सहभागिता जनाएका थिए । किरणको आवाजले भने नेपाल आईडलमा स्थान पायो । उनी अडिसनमा पास भए । अडिसनमा उनले ‘तिम्रो आँखामा’ बोलको गीत गाएका थिए । संगीत क्षेत्रमा लागेर युवामाँझ लोकप्रियता कमाउँदै गरेका किरणले आफ्नो प्रतिभालाई अझ धेरै दर्शक माझ देखाउनकै लागि नेपाल आइडलमा भाग लिएका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK