नेपाल अष्ट्रेलिया द्विदेशीय ब्यापार, निर्यातभन्दा ४ गुणा बढी आयात

ENGLISH

NRN GLOBAL

नेपाल अष्ट्रेलिया द्विदेशीय ब्यापार, निर्यातभन्दा ४ गुणा बढी आयात

13 March, 2016 | Bipin Acharya | 575 Views | comments

नेपाल र अष्ट्रेलियाबीच हुने गरेको आयात निर्यातको ब्यापार नेपालको बिपक्षमा देखिएको छ । तथ्यांक अनुसार नेपालबाट अष्ट्रेलियातर्फ हुने निर्यातभन्दा आयात करिब ४ गुणा बढी देखिएको छ ।

12032016070236Australia-1000x0

अष्ट्रेलिया सरकारको विदेश विभागको तथ्यांक अनुसार सन् २०१४–१५ मा नेपाल र अष्ट्रेलियाको बीचमा जम्मा ३२ मिलियन डलर बराबरको मात्र द्धिदेशिय ब्यापार भएको छ । जसमा नेपालबाट ७ मिलियन डलर बराबरको सामाग्री अष्ट्रेलियामा निर्यात भएको छ भने यहाँबाट २५ मिलियन डलर बराबरका सामाग्री नेपालमा आयात गरिएको छ । उपलब्ध तथ्यांक अनुसार अष्ट्रेलियाका लागि निर्याततर्फ नेपाल ८ ६औं देश बनेको छ भने आयाततर्फ भने १ सय १३ औं देश बनेको छ ।

मुख्यत नेपालले अष्ट्रेलियाबाट सागबब्जी, वनस्पती तेल, तेल सम्बन्धि कच्चा पदार्थ जनावरको तेल, बोसो र रिफाइन्ड पेट्रोलियन लगायतका सामान आयात गर्ने गरेको छ भने मुख्यत गलैचा र महिला कपडाका सामानहरु निर्यात गर्ने गरेको बिभागको तथ्यांकमा उल्लेख गरिएको छ । अष्ट्रेलियामा रहेर ब्यापार गर्दै आएका ब्यवसायीहरुका अनुसार भने अष्ट्रेलियामा मुख्यत: खानाका सामाग्रीहरु आयात गर्ने गरिएको छ भने पोशाक, कार्पेट, पश्मिना, अर्नामेन्टस, भुवादारी ज्याकेट लगायतका सामाग्रीहरु समेत केही मात्रामा आयात गर्ने गरिएको छ ।
तथ्यांक अनुसार नेपालको अष्ट्रेलियाबाट गरिने आयातमा यसबर्ष गतबर्षको भन्दा ९३ दशमलव ८ प्रतिशतले बृद्धि भएको हो भने निर्याततर्फ भने जम्मा १३ दशमलव ६ प्रतिशतले मात्र बृद्धि भएको छ । यसैगरि सेवातर्फ भने अष्ट्रेलियाबाट ६ सय ८६ मिलियन डलर बराबरको सेवामुलक ब्यवसाय भएको छ भने नेपालबाट ७० मिलियन डलर बराबरको सेवामुलक आयात भएको छ । सेवामुलक ब्यवसायको नियाततर्फ नेपाल १९औं स्थानमा पर्छ भने आयाततर्फ ५८ औं स्थानमा परेको तथ्यांक उपलब्द्ध छ ।

‘हामीले नेपालबाट आयातभन्दा निर्यात गर्ने सम्भावना प्रशस्त छ तर यो बिभिन्न कारणहरुले सम्भव हुन सकेको छैन् । अष्ट्रेलियामा रहेर विगत लामो समयदेखि आयात निर्यातको व्यवसाय गर्दै आएका फोर कर्नर बजारका श्याम केसीले कान्तिपुरसँग भने– एकातिर सामाग्रीको गुणस्तरमा समस्या आउँछ भने अर्काेतिर लामो बाटो र खर्चिलो भएकाले समेत सोचेजति निर्यात हुन नसकेको हो ।’ उनी नेपाल र अष्ट्रेलियाको ब्यापार न्युन हुनुमा यहाँ रहेका दुतावास र महावाणिज्यदुतावासलाई दोष दिन्छन् । ब्यापार बृद्धि र दोहोरो सम्बन्धका लागि त उनीहरुले पहल गर्नुपर्ने हो तर त्यस्तो केही प्रभावकारी काम देखिएको छैन् ।

व्यवसायीहरुका अनुसार अष्ट्रेलियाले नेपालबाट आयत गरिने खाद्य सामाग्रीहरुमा शुन्य भन्सार शुल्क लगाउने गरेको छ । तरपनि सोचेजति आयात गर्न सकिएको छैन् । अष्ट्रेलियासँगको ब्यापार बृद्धिका लागि सरकारी स्तरमा नै नेपालले पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनीहरुको आरोप छ । क्यानबेरामा रहेको नेपाली दुतावासका राजदुत रुद्रकुमार नेपाल भने अष्ट्रेलियाले आवश्यक परेको सामान मात्र आयात गर्ने भएकाले यसमा आफ्नो तर्फबाट गर्ने पहल गरिरहेको बताउँछन् ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK