नेपाल अमेरिका एकता समाजको साधारणसभा डिसेम्बर महिना भित्र हुने

ENGLISH

NRN GLOBAL

नेपाल अमेरिका एकता समाजको साधारणसभा डिसेम्बर महिना भित्र हुने

28 November, 2017 | Kunjar Bhattarai | 975 Views | comments

लसएन्जल्स (क्यालिफोर्निया)- नेपाल अमेरिका एकता समाजको झन्डै ८ वर्षको इतिहासमा समाज र समुदाय प्रतिको समर्पण र सामाजिक अग्रजहरुले देखाएको मार्ग दर्शन अनुरूप  सामुदायिक गतिविधिमा अगाडी बढिरहेको छ ।

संस्थाको विधि विधान अनुसार यही नोभेम्बर महिना मा कार्यसमितिको म्याद समाप्त हुने भएको हुदाँ संस्थाको साधारणसभा मार्फत अर्कों नयाँ कार्यसमिति हस्तान्तरणको निम्ति संस्थानों नियमित बैठकले आगामी डिसेम्बर २६ तारिख की दिन संस्थाको साधारण सभा गरिने निर्णय पारित गरिसकेको छ ।

साथै आगामी नयाँ कार्यसमिति चयन गर्नको निम्ति निर्वाचन समिति गठन गरिसकेको छ, निर्वाचन समितिमा पूर्व अध्यक्ष,उमा कार्की थापाको संयोजकत्वमा ५ सदस्य मण्डल गठन गरिएको छ । सदस्यहरूमा राजेन्द्र शिवाकोटी, मदन पाठक, मुकुन्द ढुगाना, रामबावु पाण्डे रहनुभएको छ ।

यस्तै गरी कार्यसमितिको निर्णय अनुसार संस्थाको आजीवन सदस्य र साधारण सदस्यहरूको नविकरण र नयाँ साधारण सदस्य तथा आजीवन सदस्य निर्माण गर्ने समय डिसेम्बर १४, २०१७ सम्मको लागि तोकिएको छ ।

नेपाल अमेरिका एकता समाजको आगामी नयाँ कार्यसमिति निर्माणको लागि गरिने प्रकियाबारे निर्वाचन समितिले डिसेम्बर १५ देखी सुरु गरिने जानकारी संस्थाको अध्यक्ष सूर्य प्रसाईले दिनुभएको छ ।

 

हिमालयखवरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK