नेपाली सेना गिरान्चौरबाट श्रमदान गरेर बिदा भयो

ENGLISH

ENTERTAINMENT

नेपाली सेना गिरान्चौरबाट श्रमदान गरेर बिदा भयो

30 September, 2016 | Sandeep Bhattarai | 890 Views | comments

धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्तीमा श्रमदान गर्न आएको नेपाली सेनाको टोली बिदा भएको छ । नेपाली सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेर बिहिबार बिदा भएको हो ।

नेपाली सेना

सेनाको टोलीले श्रमदानका स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको छ । नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, विष्णुदल गण धुलीखेल, विरदल गण भक्तपुर र सत्रुभञ्जन गुल्म मेलम्चीका जवान खटाएको थियो । पूर्वनिर्धारीत योजना अनुरुप समयमा नै आफ्नो काम सम्पन्न गरेर गिरान्चौरबाट बिदा भएको उपसेनानी अजयकुमार लिंगथेपले जानकारी दिएका छन् । ५५ दिनमा नेपाली सेनाका ५० जवान दैनिक रुपमा खटेर ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेका हुन् ।

नेपाली सेनाले बस्ती निर्माणमा गरेको श्रम सहयोगप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ । भूकम्प पिडितहरु छाप्रोमा बस्दै गर्दा एकिकृत बस्ती बनाउने हाम्रो आँटलाई पुरा गर्न नेपाली सेनाले खेलेको भूमिकाप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले खुशि व्यक्त गरेका छन् । “सेनाको टोलीले ६ वटा घर र सामुदायिक भवन निर्माण गरिदिने वचन दिएको थियो, त्यो निर्धारीत समयमा नै पुरा भएको छ । अन्य बाँकी घर निर्माण पनि अन्तिम चरण पुगिसकेको छ,” कट्टेलले भने । सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहायता गर्नु र नेपाली सेनाले हामीले गरेको डिजाइन अनुसारका घर बनाएर सहयोग गर्नु गौरवको कुरा रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।

गिरान्चौर एकिकृत बस्ती

नेपाली सेना धुर्मुस सुन्तलीलाई सघाउदै (फोटो फिचर)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK