नेपाली सेनाद्वारा ललितपुरको दुई स्थानमा भेट्टिएको बम डिस्पोज

ENGLISH

नेपाली सेनाद्वारा ललितपुरको दुई स्थानमा भेट्टिएको बम डिस्पोज

20 September, 2015 | Sandeep Bhattarai | 655 Views | comments

संविधान जारी हुने दिन आइतबार सुरक्षा व्यवस्था निकै कडा पारिएको छ | तर आइतबार बिहानै ललितपुरको दुई स्थानमा भने बम भेटिएको छ |

bam

नेपाली सेनाका प्रधानसेनापतिको सरकारी निवास जाने बाटोको महालक्ष्मीस्थान र पूल्चोकमा बम भेटिएको हो | महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पूल्चोकको सुजुकी सोरुम अघि बम रहेको जानकारी प्रहरीले दिएको थियो ।

बम भेटिएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । पूल्चोकमा भेटिएको बम डिस्पोज गर्दा दुई ठूलो रुपमा आवाज आएको थियो भने महालक्ष्मीस्थानको बम डिस्पोज गर्दा भने एक पटक मात्र आवाज सुनिएको थियो | पूल्चोकमा पहिलो पटक प्रयास गर्दा डिस्पोज नभएको र पुन दोस्रो पटक प्रयास गरेर डिस्पोज गरेको ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए |

bam1

बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको २०७१ साल पुषको पर्चा र झन्डा बरामद गरेको छ। ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए अनुसार यो बम केवल जनमानसमा त्रास फैलाउन राखिएको बताए | त्यस्तै अधिकारीले ललितपुरको सुरक्षा व्यवस्था निकै कडा पारिएको बताए |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK