नेपाली सुन्दरीको ग्लामर फोटो ‘क्यालेन्डर युएसए २०१९’ मा

ENGLISH

ENTERTAINMENT

नेपाली सुन्दरीको ग्लामर फोटो ‘क्यालेन्डर युएसए २०१९’ मा

7 December, 2018 | Sandeep Bhattarai | 1135 Views | comments

क्यालेन्डर युएसए

पछिल्लो समय नेपाली बसोबास गर्ने अधिकाँश देशमा नेपाली कल्चर र नेपाली कार्यक्रम हुने गरेका छन् । विशेषगरि पछिल्लो समय नेपाली फिल्म र गीतसंगीतसँग जोडिएको इभेन्ट नै हुने गर्छन ।

स्वदेशमा कलाकार र फिल्मले जति माया पाउने गर्छन, विदेशमा त्यो भन्दा कम छन् । यस्तै पछिल्लो समय संयुक्त राज्य अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर लन्च गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ ।

अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्वीर छ । नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोशुट गरेर क्यालेन्डरमा तस्वीर सार्वजनिक गरिएको हो । ‘क्यालेन्डर युएसए २०१९’ शिर्षक राखिएको यस क्यालेन्डरको सुन्दरीहरुको तस्वीर नेपालमा चर्चित फोटोग्राफर महेश प्रधान र युएसएमा व्यस्त तथा चर्चित फोटोग्राफर विक्रान्त मान श्रेष्ठले खिचेका हुन् । इभेन्ट, फेशन शो तथा फिल्म प्रदर्शन समेत गर्दै आएको आरएनआर ग्रुपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको ग्रुपमा सदस्य मध्यका एक रोशन पुरीले बताए ।

नेशनल ब्याडमिन्टन खेलाडी समेत रहेका रोशन टेलिभिजन शो तथा इभेन्टसँग जोडिएको पुरानो नाम हो । पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आफ्नो पन झल्काउने बताए । ‘हाम्रो सुन्दरी पनि कम छैनन् भन्ने देखाउन पनि खोजेका हौु उनले भने ुहामीले क्यालेन्डर प्रयोग गर्नेपर्छ किन आफैले तयार गरेर प्रयोग नगर्ने ।’ उनले यसलाई नेपालसँगै क्यानडाको विभिन्न सहरमा समेत पठाइने बताए । उनले नेपालीसँग स्थानीयले क्यालेन्डर लिने गरेको बताए । ‘पछिल्लो समय हामीले तयार गरेको क्यालेन्डरलाई स्टाइलिस भन्दै स्थानीयले पनि लाग्नु भएको थियोु रोशन भन्छन : यसपटक क्वालिटीलाई मध्यनजर गर्दै नेपाल र अमेरिकामै बस्ने नेपाली मोडललाई फोकस गर्दै विशेष फोटोशुटनै गरेका छौ ।’

तयार भईसकेको क्यालेन्डरको प्रतिक्रिया राम्रो प्राप्त भएको उनले बताएका छन् । क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल युएस सुजिता बस्नेत , मिस वर्ल्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी , मोडल रोजी खुराना, मोडल सुनिक्षा मैनाली, मोडल स्वस्तिका प्रधान , मोदन न्यान्सी थापा, मोडल सिमरन चुडाल, मिस ग्लोबल क्विन २०१५ जस्मिन गुरुङ, मोडल दिपमाला ढकाल, मोडल श्रीया लोहनी, मोडल निकी आचार्य , मोडल सम्पदा बानिया र एक्ट्रेस सारा सिर्पाईली फिचर्ड छन् ।

यी सुन्दरीहरुको सुन्दर तस्वीरले क्यालेन्डर सजिएको छ । यी सम्पूर्ण सुन्दरी नेपाली नै हुन् , केहि नेपालमै मोडलिङ गरिरहेका छन् भने केहि युएसएमा ।

रोशन पुरी – हामीले युएसएमा रहेर पनि नेपाली गतिविधिलाई अगाडी बढाई रहेका छौ । क्यालेन्डर हामी सम्पूर्णले प्रयोग गर्छौ , अनि किन अरुको गर्ने आफ्नै किन गर्ने ? भन्ने सोच बनाएर यसलाई तयार गरेका छौ । यसका लागि हामीले नेपालमा रहनु भएका मोडल र यहिँ रहेर मोडलिङ गरिरहनु भएकाबाट १२ जना छनौट गर्दै फोटोशुट गरेका थियौ ।

मेरिल्याण्डमा फोटोग्राफर राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” सार्वजनिकका साथै तस्विर प्रदर्शनी

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK