नेपाली साझा मञ्चको पहलमा साउदीमा बिचल्लीमा परेका १० नेपालीको उद्धार गर्ने

ENGLISH

NRN GLOBAL

नेपाली साझा मञ्चको पहलमा साउदीमा बिचल्लीमा परेका १० नेपालीको उद्धार गर्ने

4 July, 2017 | Sandeep Bhattarai | 900 Views | comments

साउदी

नेपाली साझा मञ्चको पहलमा साउदी अरबमा बिचल्लीमा परेका १० नेपालीको उद्धार कार्य सुरु भएको छ । मञ्चले साउदीमा बिचल्लीमा परेका उनीहरुको उद्धार गर्न माग गर्दै पठाउने म्यान पावर र विभिन्न सरोकार निकायको ध्यानाकर्षण गराएपछि उद्धार कार्य अघि बढेको हो ।

उनीहरु गत जुलाईमा काठमाण्डौको लक्की मेनपावर ओभरसिज मार्फत साउदीस्थित सलमान हसन अल माथु कम्पनीमा कामका लागि गएका थिए ।उनीहरुलाई कम्पनीले ७ महिनायता दलब नदिएको र तलब माग्दा कम्पनीका मानिसहरुले ज्यान पार्ने धम्की दिने गरेको र थुनेर ५० डिग्रीको गर्मीमा थुनेर राख्ने गरेको र खाना तथा पानी समेत नदिएको पीडिततहरुको गुनासो छ ।

पीडितहरुले साउदीमा जिवन सुरक्षीत नभएको भन्दै जिवनरक्षा गरी नेपाल फिर्ता आउने वातावरण मिलाइदिन अपिल गरेका थिए । वैदेशिक रोजगार पीडितको उद्धारमा काम गर्दै आएको नेपाली साझा मञ्चका अध्यक्ष महेश श्रेष्ठले पीडितहरुसँग गरेको कुराकानीको भिडियो सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो । साझा मञ्चकी उपाध्यक्ष शारदा भुषाल, महासचिव ङामुक हाङ र सदस्य निता कार्की तथा सञ्चारकर्मीहरुले पीडितको उद्धारका लागि नेपालबाट पहल गरेका थिए ।

बिचल्लीमा पर्नेहरुमा जाजरकोटका जनकबहादुर खत्री, दैलेखका बमबहादुर बस्नेत र मानबहादुर कामी, बाँकेका मानसिंह कामी, दाङका लेखबहादुर विश्वकर्मा, मोरङका गोविन्द ताम्राकार र रुद्र माझी, तेह्रथुमका जितबहादुर जोगी, संखुवासभाका पूर्णबहादुर तामाङ र रुकुमका नविन विष्ट रहेका छन् ।मञ्चको जोडदार पहलपछि पीडितहरुलाई खानाको लागि उनीहरुकै मालिक(कपिल )मार्फत २ हजार रियाल प्राप्त भएको छ भने कपिलले बाँकी तलब दिन्छु भनेको श्रेष्ठले बताए ।

दूतावासका श्रम सहचारी अम्बिका अधिकारीको स्रोत उल्लेख गर्दै श्रेष्ठले म्यानपावर कम्पनीका डायरेक्टर एमएस कापरी साउदी आइपुगेको जानकारी दिएका छन् । उनीहरुको उद्धारका लागि भोलि साउदीस्थित नेपाली दूतावासमा छलफल हुने पनि उनले बताएका छन् ।

संसार न्यूजबाट

नेपाली साझा मञ्चद्वारा साउदीमा निर्दोष व्यक्तिलाई छुटाउन अनुरोध

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK