नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

ENGLISH

NRN GLOBAL

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

विजय थापा ,वाशिंगटन डिसी

11 November, 2018 | Sandeep Bhattarai | 1370 Views | comments

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका शुक्रबार अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ ।

अमेरिकामा सार्वजनिक बिदा नहुने भएको कारण समय व्यवस्थापन गरि नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको समय देखि छुट्टी मिलाएर भाईटीका मनाएका छन् । यस पटक धेरै राज्य तथा शहरहरुमा दिनभर परेको वर्षा तथा अमेरिकाका केही राज्यमा परेको हिउमा पनि भाईटिका मनाइएको छ । अमेरिका मै तीन पुस्ते र बुवाआमा समेत बसोबास गर्ने क्रम वृद्धि भएको कारण अधिकांशका दाजुभाई दिदिबहिनि अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् ।

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपालमा जस्तै काग तिहार देखि नै भाइटीका सम्म ५ दिन नै आफ्ना घरमा झिलीमिलि बनाएर नेपाल कै जस्तै गरि सामाग्री तयार गरि दाजुभाईलाई दिदि बहिनिले दिएका छन् । तिहारका लागी चाहनी सबै सामग्रीहरु अमेरिकामा उपलब्ध भएको कारण भाईटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

नेपालमा भाइटीकाको शुभ साईत मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम रहेकोले अमेरिकामा पनि अधिकांशले यही समयमा नै टीका लगाएका छन् । साथै टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकुल पारेर कामबाट आएर साँझ देखि राती सम्म भाईटीका लगाईएको छ ।

अमेरिकामा केही राज्य तथा शहरबाट अर्को शहरमा ३ घण्टा सम्मको समय फरक हुने भएकोले अगाडी पछाडी टीका सुरु भै सकेको छ ।तिहारमा केही नेपाली समुदायमा मनोरंजनको लागि कौडा पनि खेलेका छन् । विशेष गरि अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई आफ्नो पर्वको बारेमा अमेरिका आएका अभिभावकले सिकाउने र उनीहरुले पनि तिहारको बारेमा जान्ने अवसर पाएका छन् ।

यसै गरि देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्ली गल्लीमामा खेलिएको छ । अमेरिका भर भाइटीका मनाउने क्रम जारी छ ।

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK