नेपाली समाज युएईको महाअधिवेशन आगामी जुलाई ७ मा

ENGLISH

NRN GLOBAL

नेपाली समाज युएईको महाअधिवेशन आगामी जुलाई ७ मा

रामप्रसाद ढुंगेल

1 May, 2017 | Bipin Acharya | 740 Views | comments

युएईको नेपाली संस्था नेपाली समाज युएईको महाअधिवेशन आगामी जुलाई ७ मा हुने निश्चित भएको छ । यसका लागि गोविन्द ढकालको संयोजकमा पत्रकार महासंघ युएई शाखा र विभिन्न नेपाली संघसंस्थाबाट प्रतिनिधित्व रहने गरी एक निर्वाचन समिति गठन गरिएको छ ।

पार्षद उपेन्द्र राना मगरको सभापतित्वमा सम्पन्न पार्षद भेलामा सुरज भित्रिकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष चन्दप्रसाद सापकोटाले युएईमा कुनै पनि नेपाली संस्था औपचारिक रुपमा दर्ता गर्न गाह्रो नहुने तर युएईमा सक्रिय संस्थाहरुले खासै चासो नदिएका कारण बिलम्ब भएको जानकारी दिए । उनले प्रवासमा रहेका सबै संघसंस्था तथा राजनीति पार्टीका भातृ संगठनहरु सामाजिक कामको निम्ति अग्रसर रहेको र सबैसँग सहकार्य गर्न नेपाली समाज तयार रहेको प्रस्ट पारे ।

सापकोटाले नेपाली समाजले स्थापना गरेको कल्याणकारी कोष सञ्चालनका निम्ति विधान परिमार्जनका लागि आएका उचित सुझावलाई समावेश गरिने बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुवेदी एनआरएन आईसीसी सदस्य गोपाल कँडेल, एनआरएन युएईका महासचिव दिपक खड्का, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरु, नेपाली समाजमा आबद्ध संस्थाका प्रतिनिधिहरु तथा सर्वसाधारण नेपालीहरुको उपस्थित रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK