नेपाली समाज मकाउद्वारा २५६१ औं बुद्ध जयन्ती सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली समाज मकाउद्वारा २५६१ औं बुद्ध जयन्ती सम्पन्न

11 May, 2017 | Bipin Acharya | 625 Views | comments

नेपाली समाज मकाउले २५६१ औं बुद्ध जयन्ती धुमधामका साथ मनाएको छ । भगवान गौतम बुद्धको २५६१औं जन्म जयन्ती कार्यक्रममा मकाउमा रहेका बिभिन्न संघ संस्थाहरू, गैर आबासीय नेपाली संघ मकाउ,तमु समाज मकाउ,किराँत राई यायोख्या मकाउ,मकाउ तामाङ् घेदुङ, किराँत याक्थुम चुम्लुङ र नेपाली जनसम्पर्क समिति मकाउका प्रतिनिधिहरू लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

मकाउ पाकपचौं स्थित बुद्धको मन्दिरमा आयोजना गरिएको कार्यक्रममा नेपालमा जन्मिएका शान्तिका दुत भगवान गौतम बुद्धको माहान वाणीहरू र उहाँले मानव जीवनमा रहेर पनि मानव हितका लागि पुर्याउनु भएको योगदानलाई स्मरण गर्दै भगवान बुद्धको मन्दिरमा पुजा अर्चना गरी मनाएको थियो। बिगतका बर्षहरूमा पनि भगवान बुद्धको जन्मोत्सव मनाउँदै आएकोमा यस बर्ष पनि नेपाली समाज मकाउले निरन्तरता दिएको हो।

बिदेशी भूमिमा रहेर पनि आफ्नो रीति रीवाज र परम्परालाई बिर्सिनुहुन्न भन्ने सन्देश दिन यो कार्यक्रमलाई निरन्तरता दिइएको हो । उक्त कार्यक्रममा नेपाली समाज मकाउका अध्यक्ष एवं तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ,नेपाली समाज मकाउका उपाध्यक्ष यूवराज न्यौपाने,महासचिव कर्ण बहादुर अधिकारी सचिव सहदेव अधिकारी,सल्लाहकार राजकपुर थपलिया,तमु समाजका हरी प्रसाद गुरूङ्,समाजका सदस्य उत्तम प्याकुरेल, चुम्लुङ याक्थुमका अध्यक्ष अमारीका लिम्वु,मकाउ तामाङ घेदुङका कल बहादुर तामाङ,डिका लामा, लगाएतका मकाउमा कार्यरत नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङले आउँदा वर्षहरूमा पनि यसरी नै नेपालीहरू एक आपसमा जम्माभई गौतम बुद्धको जन्म जयन्ति मनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK