नेपाली समाज बसेल स्विट्जरल्यान्डको सहयोगमा नुवाकोटमा विद्यालय

ENGLISH

NRN GLOBAL

नेपाली समाज बसेल स्विट्जरल्यान्डको सहयोगमा नुवाकोटमा विद्यालय

15 January, 2017 | Sandeep Bhattarai | 1205 Views | comments

विद्यालय

नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ ।

हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्ड बसेलका नेपालीले पठाएको करिब रु १४ लाख ५७ हजारमा सो विद्यालयको चारकोठे भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो ।

काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको सो विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका शिक्षक हरिबहादुर श्रेष्ठले बताउनुभयो । नवनिर्मित भनवको जिल्ला शिक्षा कार्यालय, थानापती स्रोत केन्द्रका प्रमुख महेश्वर पाण्डेले हालै उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली समाज बसेल स्विट्जरल्यान्डका सदस्य प्रवीणकुमार मगरले विदेशमा बसे पनि स्वदेशमा आपत् परेका नेपालीलाई सहयोग गरौँ भन्ने भावनाले नेपाली खाना पकाएर बेच्ने तथा अन्य रचनात्मक कार्यक्रमबाट सङ्कलित रकम विद्यालय निर्माणमा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

हिमालय पिस एजुकेसन फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भूकम्प गएपछि नुवाकोट क्षेत्रमा टिनका ३०० अस्थायी घर र पाँच विद्यालय पुनःनिर्माणमा सहयोग गरेको बताउनुभयो ।

स्थानीय हरिप्रसाद सिलवालको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको जग्गा संरक्षण गर्न पर्खाल लगाउनुपर्ने तथा शैक्षिक गुणस्तर सुधार्न अझै सहयोगको खाँचो रहेको बताउनुभयो ।

प्रवासीद्वारा विद्यालयलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK