नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा विजयी

ENGLISH

SPORTS

यू-१९ क्रिकेट

नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा विजयी

5 July, 2017 | Sandeep Bhattarai | 2540 Views | comments

यू-१९ क्रिकेट

यू–१९ विश्वकपको तयारीमा रहेको नेपाली युवा क्रिकेट टिमले भारतको नोयडामा भएको पहिलो अभ्यास खेलमा जित आत्मसात् गरेको छ ।

मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाली यू-१९ टोलीले फ्रेन्ड्स स्पोर्ट्सलाई १ सय २१ रनले पराजित गर्यो । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउदै २५० रन बनाएको थियो । मैदान चिसो भएको कारण खेल ४० ओभरमा झारिएको थियो । नेपालको लागि प्रनित थापा मगरले ८७ रन बनाए भने अनिलकुमार शाहले ५० रन जोडे ।

खराव सुरुवात गरेको नेपालको इनिंग्स दिपेन्द्र सिंह ऐरीले प्रनितसंग मिलेर संयमित ब्याटिङ गर्दै नेपाललाई इनिंग्स उकासेका थिए । दिपेन्द्रले ४३ रनको योगदान दिए । त्यस्तै रोहित पौडेलले विष्फोटक ब्याटिंग गर्दै ७ बलमा २३ रन बनाउदै अविजित रहे । फ्रेन्ड्स स्पोर्ट्सका लागि सोनु गुज्जरले ३ विकेट लिए भने कनिसिक भाटिले २ विकेट लिए ।

२५१ रनको लक्ष्य लिएर मैदान उत्रेको फ्रेन्ड्स स्पोर्ट्सले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १ सय २९ रन बनाउन सफल भयो । उसको लागि बोबय यादवले २४ रन बनाए भने सञ्जीव आधना र जितेन्द्र चौधरीले समान १८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि सन्दीप लामिछाने र रोहित पौडेलले समान २-२ विकेट लिए भने किशोर महतो, रिजन ढकाल र ललित राजवंशीको भागमा समान रह्यो ।

यू-१९ क्रिकेट

यू–१९ विश्वकपको तयारीमा रहेको नेपाली युवा क्रिकेट टिम दुई साताअघि नोयडा पुगेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK