नेपाली युवा जिज्ञानकुमार थापा जापानको ‘युथ लिडर अवार्ड’ बाट सम्मानित

ENGLISH

NRN GLOBAL

नेपाली युवा जिज्ञानकुमार थापा जापानको ‘युथ लिडर अवार्ड’ बाट सम्मानित

22 February, 2017 | Sandeep Bhattarai | 1280 Views | comments

जिज्ञानकुमार थापा

जापानमा रहेर विभिन्न सामाजिक काममा योगदान गरे वापत दिईदै आएको नेशनल युथ अवार्डबाट नेपाली युवा जिज्ञानकुमार थापा सम्मानित भएका छन् ।

आठौ पटक आयोजना गरिसकिएको सो अवार्ड पहिलो पटक विदेशीले पाएका हुन् । ‘युथ लिडर अवार्ड’ नाम दिइएको सो पुरस्कार जापानलाई अन्तर्राष्ट्रियकरण गर्न तथा गैरसरकारी संस्था मार्फत सामाजिक कार्यमा योगदान दिएको भन्दै मंगलबार एक समारोहकाबीच थापालाई प्रदान गरियो।

डेभलपमेन्ट एसोसिएशन फर युथ लिडर्स नामक संस्थाले थापासंगै अन्य पाँचजना जापानी नागरिकलाई समेत एकै समारोहमा सम्मान गरेको हो।भूकम्प प्रभावित नेपाली बालवालिकाको शिक्षा सहयोगका लागि ‘तामागो’ लगायतका विभिन्न सामाजिक कार्यक्रम गरि नेपाल र जापानको सम्वन्ध मजबुत गर्न सहयोगि जिज्ञानकुमारलाई आज सम्मानित गर्छौ भन्दा सहभागि सयौं जापानीहरूले तालीले हल गुन्जाएका थिए।

सम्मानित थापाले समारोहमा सम्वोधन गर्दै ‘सामान्य नागरिकले जस्तै सामाजिक उत्तरदायित्व निभाए वापत पाएको सम्मानले थप उर्जा मिलेको’ बताए। थापाले भने, ‘बालवालिकाको शिक्षा उपयोगि कामको शुरूवात मात्र हो अझ धेरै काम गर्न ठूलो प्रोत्साहन मिलेको छ’।

कार्यक्रममा जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट , एनआरएनए जापानका अध्यक्ष सुदन थापा लगायतले थापालाई शुभकामना दिनु भएको थियो।

जापानको ‘युथ लिडर अवार्ड’ बाट जिज्ञानकुमार थापा सम्मानित हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK