नेपाली मूलका रुप कार्कीलाई अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक

ENGLISH

NRN GLOBAL

नेपाली मूलका रुप कार्कीलाई अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक

20 November, 2017 | Kunjar Bhattarai | 755 Views | comments

विजय थापा ,वाशिंगटन डीसी ,नेपाली मूलका एक मात्र तथा प्रथम भारत्तोलक रुप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपालको रुपन्देही स्थाइ घर भई हाल डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका कार्की नोभेम्बर १८ तारिख प्रतियोगितामा भाग लिन एटलान्टा पुगेका थिए । विमानस्थल अवतरण गर्ने बित्तिकै सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर आएको छु र नेपाललाई विश्वमा चिनाउने मेरो प्रयास हुने कार्कीले भनेका थिए ।

उनी आफ्नो उमेर र वजनको तौल समूहमा प्रतिस्प्रद्धिलाई उछिन्दै स्वर्ण पदक प्राप्त गरेका छन् ।उनले कुल १४ सय पाउन्ड उठाई स्वर्ण पदक प्राप्त गरेका हुन् ।

उनलाई गत नोभेम्बर १६ तारिख बिहिबार डीसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले उनलाई आमन्त्रण गरि शुभकामना दिएका थिए ।छोटो समयमा गरिएको शुभकामना तथा बधाई कार्यक्रम मा उनले आफुले नेपाल को नाम राख्न सक्दो प्रयास गरेको बताएका थिए ।

उनले डिसीमा आफ्नो कुरा राख्दै कम्तिमा पनि १३ सय पाउण्ड उठाएका मात्र प्रतियोगितामा भाग लिन पाउने भएकोले आफु ले त्यो भन्दा ज्यादा उठाएकोले आफु सहभागी हुन् पाएको बताएका थिए ।

उनले डिसीमा हालको स्थिति हेर्दा आफुले १४ सय पाउण्ड उचालेको छु भन्दै खेल हो र आफुले यतिनै उचाले भने राम्रो नतिजा आउने पनि हुन सक्ने बताएका थिए ।

उनले थप जानकारी दिदै हाल सम्म उनको उमेर र वजनमा १३ सय ८० पाउण्ड उठाएको मात्र उनले जानकारी गराएका थिए ि उनि २ सय २० पाउण्ड को वजन बाट प्रतियोगितामा सहभागी हुदै छन् । उनि शरीर बनाउन कुनै ओखति नखाएका ९ड्रग टेस्टेड०समूहमा प्रतियोगितामा भाग लिएका भारत्तोलक खेलाडी हुन् ।

नेपाली समुदायमा अमेरिकाको अहिले सम्मको ईतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र तथा प्रथम खेलाडी रहेका छन् ।नोभेम्बर १८ र १९ तारिख जर्जीयाको एटलान्टामा अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगीतामा उनलाई उक्त पदक प्राप्त भएको हो ।

भारत्तोलनको यो उच्चस्तरिय प्रतिश्पर्धा मध्यको एक हो । विश्वभरका अधिक वजन ९हेभिवेट० भारत्तोलकहरु प्रतिश्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानिय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाई स्वर्ण पदकर रजत पदक हासिल गरि सकेका छन् ।

उनले शुरुका दिनहरुमा निराश रहनु परेता पनि कहिले हरेश खाएनन् । आत्मविश्वास र नियमित निरन्तर अभ्यासले नै आफुलाई यो स्तरको सफलता दिलाएको बताएका छन् ।
नेपाली भारत्तोलक रुप कार्कीलाई अमेरिकामा स्वर्ण पदक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK