नेपाली भाषा–साहित्यका धरोहर कमलमणि दीक्षितको निधन

ENGLISH

नेपाली भाषा–साहित्यका धरोहर कमलमणि दीक्षितको निधन

29 December, 2016 | Bipin Acharya | 1055 Views | comments

८६ बर्षको उमेरमा साहित्यका धरोहर कमलमणि दीक्षितको बिहीबार बिहान २:४५ मा आफ्नै निवास पाटनढोकस्थित निधन भएको छ ।

death

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित भएपछि दीक्षितलाई बी एण्ड बी अस्पतालमा उपचारमा राखिएको थियो । नेपाली भाषासाहित्यलाई माया गर्ने दीक्षितलाई भाषासाहित्य क्षेत्रको ‘एउटा शिरपोष’ मानिने गरिन्थ्यो ।

नेपाली भाषासाहित्यमा उच्च सम्मान र कदरका साथ हेरिने मदन पुरस्कार गुठीको संस्थापनाकाल (२०१२) देखि यसमा सम्बद्धता राख्ने क.दी. त्यसलगत्तै स्थापना भएको मदन पुरस्कार पुस्तकालयको पनि संस्थापक थिए । यो पुस्तकालयमा अहिले नेपाली भाषा साहित्यका झण्डै ३८ हजार पुस्तक संग्रहित छन् । क.दी.का मौलिक र सम्पादित गरेर १ सयभन्दा बढी कृति छन् ।

उनका दुइ छोराहरु कुन्दा र कनकमणि स्थापित पत्रकार हुन् भने छोरी रुपा जोशी पनि लेखनमा चिनिएकी छिन् । दीक्षितको सम्पादनमा सम्वत २०१६ देखि प्रकाशनमा आएको ‘नेपाली’ त्रैमासिक पत्रिका अझै पनि निरन्तर छ ।

साहित्यकार दीक्षितको योगदानलाई नजिकबाट बुझ्ने साहित्यिक पत्रकार रोचक घिमिरेले ‘नेपाली भाषा–साहित्यमा संस्थागत तथा व्यक्तिगत रुपमा आजीवन योगदान पुर्‍याउने एक उदाहरणीय व्यक्ति’ भनेर कमलमणिको समर्पणलाई सम्झेका छन् ।

मदन र जगदम्बा पुरस्कार स्थापनाको मानकसँगै देश–विदेशमा नेपाली भाषाप्रेमी जोकोहीलाई उच्च सम्मान र आदरका साथ हेर्ने अभियन्ताका रुपमा आफूले दीक्षितलाई लिएको पत्रकार घिमिरेले प्रतिक्रिया दिए ।

दीक्षितको विद्युतीय शवदाह गृहमा बिहीबार बिहान नै अन्तिम संस्कार गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK