नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउन छलफल

ENGLISH

NRN GLOBAL

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउन छलफल

30 October, 2017 | Kunjar Bhattarai | 1345 Views | comments

 

 नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । 

उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले अर्को पुस्ताका लागि भाषा, संस्कृति र रीतिरिवाजका विषयमा समेत जानकारी दिने खालको प्रकाशन आवश्यक रहेको बताए ।

उनले भने, “भावी पिँढीका लागि नेपालकाबारेमा जानकारी दिने विविध विषयमा विश्वव्यापी मान्यतामा रहेको अंग्रेजी भाषामा लेखिएको कृति अब आवश्यक भइसकेको छ ।

पत्रकार नेपालले डायस्पोरामा रहेका नेपालीले आफ्नो ज्ञान, सीपको रुपान्तरण गर्न विशेष ध्यान दिनुपर्ने विचार राख्दै भावी सन्ततिका लागिसमेत नेपालसँगको साइनोकाबारेमा सोच्न आग्रह गरे ।

अमेरिकाको राजनीतिमा होमिएका एचवी भण्डारीले नेपालका बारेमा अमेरिकी विश्वविद्यालयमा खोजीनीति गर्दा धेरै विषयमा अन्योल भएको भन्दै अब महत्वपूर्ण दस्तावेज अनुवाद गर्न ढिलो गर्न नहुने बताए ।

कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा श्याम कार्कीले भाषा र साहित्यको जगेर्ना गर्न अनेसासले गरेका विभिन्न तरिकाको प्रयासका बारेमा जानकारी दिनुहुँदै मेरिल्याण्डमा भावी पिँढीका लागि नेपाली भाषा कक्षाको सञ्चालन गरिएको बताए ।

एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठले नेपाली डायस्पोराले मातृभूमिको सामाजिक, आर्थिक रुपान्तरणका लागि सहयोगी भूमिका खेलेको भन्नुहुँदै भाषा र संस्कृति जगेर्नामा पनि हातेमालो गर्न तयार रहेको बताए ।

नेजाका पूर्वअध्यक्ष गौतम दाहालले भाषा र साहित्य पत्रकारिताको अभिन्न पाटो भएकाले प्रवासमा रहेका पत्रकारले नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको  बताए ।

कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा भीम कट्टेल, डा उत्तम गौली, डा कृष्ण विष्ट, पत्रकार तरुण पौडेल, मधुकर अधिकारी लगायतले नेपाली भाषाको प्रवद्र्धनबारे आफ्नो धारणा राखेका थिए ।

एनआरएनए क्यानडा नेपाली भाषा साहित्यको बिस्तारमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK